
१६ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर ८ मा रहेको बैरिया मा.विमा सोमबार उपभोक्ता समिती गठन गरिएको छ । क्षेत्र नं २ का पुर्व सांसद राम बहादुर थापा “बादल” तथा पुर्व विद्यार्थी अचुत राज पन्तको सहजीकरणमा विद्यालयको नाममा प्राप्त ५५ लाख बजेटको लागि १७ सदस्यीय उपभोक्ता समिती, ६ सदस्यीय अनुगमन समिती तथा २ सदस्यीय गुनासोे समिती गठन गरिएको हो ।
१७ सदस्यीय उपभोक्ता समितिको अध्यक्षमा सन्देश पाठक, उपाध्यक्षमा सिता भेटवाल, सदस्यहरुमा क्रमशः झपेन्द्र पन्त, किशोर मिश्र, वरुण बावु घिमीरे, सुनिता श्रेष्ठ, महेश पाण्डे, धर्मराज अधिकारी, मिना गुरुङ, सिता पौडेल, शंकर पौडेल, नविन जोशी, छन्नु चौधरी, केशव आचार्य, भरत रुपाखेती, मिना श्रेष्ठ, कुमारी राउत रहेका छन् । अनुगमन समिती अन्र्तगत संयोजकमा कमल बहादुर घिमीरे, सदस्यहरुमा क्रमशः पार्वती पौडेल, ज्ञानेन्द्र राज पाण्डे, माधव आचार्य, दिल कुमारी बराल र चन्दा क्षेत्री रहेका छन् । त्यस्तै २ सदस्यीय गुनासो समितीमा नवराज पाठक र शंकर खनाल रहेका छन् ।
सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडा नं. ८ का सचिव खगनाथ पराजुली, अतिथीहरुमा क्रमशः बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कलाधर पौडेल, वडा नं ८ टोल समन्वय समितीका संयोजक ज्ञानेन्द्र राज पाण्डे, विद्यालयका प्रधानाध्यापक यवराज शर्मा, ने.क.पा. एमालेका वडा अध्यक्ष कमल बहादुर घिमीरे, ने.क.पा. माओवादी केन्द्रका वडा अध्यक्ष ईन्द्र प्रसाद ढकाल लगाएतका रहेका थिए । कार्यक्रम वडा नागरीक मञ्च रत्ननगर ८ की संयोजक पार्वती पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।