17036040_1617296768285481_1288028172_o
१८ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर–८ को लागि पुर्व सांसद राम बहादुर थापा “बादल” को सहजीकरण मा नेपाल सरकारबाट स्थानिय क्षमता बिकास कार्यक्रम अन्तर्गत पशुपालन तालिम, कुखुरा पालन तालिम, बाख्रापालन तालिम, माछा पालन लगाएतका क्षेत्रको लागि छुट्याईएको ५५ लाख बजेटको लागि ११ सदस्यीय उपभोक्ता समिती, ५ सदस्यीय अनुगमन समिती र ३ सदस्यीय गुनासो समिती बुधबार गठन गरिएको छ ।
17105361_1617297494952075_2119382986_n
उपभोक्ता समितीको अध्यक्षमा सुर्दशन आचार्य, उपाध्यक्षमा क्रमशः प्रकाश मणि सापकोटा, कल्पना पुरी, सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा विष्णु पुरी, सदस्यहरुमा क्रमशः सिता सुवेदी, रेखा कुमारी कार्की, पुर्णमान श्रेष्ठ, पुष्पराज ढकाल, शंकर पुरी, केशव आचार्य रहेका छन् । अनुगमन समिती अन्र्तगत संयोजकमा ऋसीनाथ शर्मा, सदस्यहरुमा क्रमशः सन्तोष अधिकारी, गोमा भण्डारी, पार्वती पौडेल, चन्द्रकान्त ओझा त्यस्तै गुनासो समिती संयोजकमा चेतनाथ सापकोटा तथा सदस्यहरुमा क्रमशः स्थानेश्वर चालीसे र ज्ञानेन्द्र राज पाण्डे रहेका छन् ।
17035601_1617297848285373_1046709683_n
सो कार्यक्रमको प्रमुख अतिथीमा रत्ननगर नगरपालीका वडा नं. ८ का सचिव खगनाथ पराजुली, अतिथीहरुमा क्रमशः नेपाली कांग्रेसका वडा सभापती कलाधर पौडेल, ने.क.पा. एमालेका वडा अध्यक्ष कमल बहादुर घिमीरे, ने.क.पा. माओवादी केन्द्रका वडा संयोजक ईन्द्र प्रसाद ढकाल, ने.क.पा. माओवादीका वडा संयोजक ओम प्रसाद रेग्मी, बैरिया मा.वि.का प्रधानाध्यापक यवराज शर्मा पौडेल लगाएतका रहेका थिए । कार्यक्रम वडा नागरीक मञ्चकी वडा संयोजक पार्वती पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
17092105_1617298161618675_1630887766_n

त्रिफला वचतमा प्राप्त १० लाखको लागि उपभोक्ता समिती गठन ।

पुर्व सांसद राम बहादुर थापा “बादल” तथा स्थानीय अचुत राज पन्तको सहजीकरणमा नेपाल सरकारबाट रतननगर –८ मा रहेको त्रिफला बचत तथा ऋण सहकारी संस्था लि. को लागि प्राप्त १० लाख रकमको लागि ५ सदस्यीय उपभोक्ता समिती, ३ सदस्यीय अनुगमन समिती र २ सदस्यीय गुनासो समिती मंगलबार गठन गरिएको छ । सो समितीको अध्यक्षमा कृष्ण प्रसाद पौडेल, सचिवमा लिलानाथ पाठक, कोषाध्यक्षमा कृष्णा घिमीरे सदस्यमा क्रमशः लिना कुमार शाक्य र सरस्वती सापकोटा रहेका छन् । अनुगमन समितीको संयोजकमा भरत आचार्य सदस्यमा क्रमशः भरत खनाल र पार्वती पौडेल त्यस्तै गुनासो समिती संयोजकमा ओम प्रसाद रेग्मी र सदस्यमा प्रेम बहादुर सार्की रहेका छन् ।

तपाईको प्रतिक्रिया