महेश पाण्डे
०८ असोज, रत्ननगर
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पुर्वी चितवनमा रहेको लायन्स क्लब अफ रत्ननगर मिड नेपालको आयोजनामा शनिवार रत्ननगरमा दशै तिहार शुभकमना तथा पारिवारीक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ नेपालका एओजी दिपेन्द्र खतिवडा, अतिथीहरुमा क्रमशः एडिसनल सेक्रेटरी निरज श्रेष्ठ, जोन चियर पर्शन शुरेस चन्द्र आचार्य, लायन्स क्लब अफ रत्ननगर सम्बृद्धीकी अध्यक्ष गंगा सुवेदी, लीयो क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष बाबुराम परियार लगाएतका रहेका थिए ।
कार्यक्रममा उपस्थीत सबैका बिचमा बिभिन्न मनोरञ्जनात्मक खेल तथा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रम हरेक वर्ष क्लबका सदस्य बिचमा भेटघाट तथा सामीप्यता बढाउन गरिएको कार्यक्रमका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । दशै बिशेष कार्यक्रम संस्थाका अध्यक्ष जगदिश चन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।