
महेश पाण्डे
८ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
हरेक दिन जसो बिरामीको सेवामा नै ब्यस्त हुन्छन डा. कृष्ण पौडेल । उनि चितवनमा हाड, जोर्नी तथा नशारोगका निकै चर्चीत कुशल चिकीत्सक हुन् । उनको प्राय समय कि त अपरेशन कि त बिरामीको समस्या समाधानमानै बितेको हुन्छ । यती ब्यस्त हुने ब्यक्ति साहित्यको क्षेत्रमा पनि निकै सक्रिय छ भन्दा सबैलाई अचम्म पनि लाग्छ । हो डां पौडेलले यो सबै कुराको समय मिलाएका छन् र हालै मात्र आफ्नो पहिलो कविता संग्रह खुशीहरुको बनवास बजारमा ल्याएका छन् । त्यसैले त उनि आजकाल डां. कृष्ण पौडेल बाट सबैका किसुन भएका छन् ।
चितवन साहित्य परिषदले प्रकाशन गरेको उक्त कविता संग्रह खुशीहरुको बनवास असोज ५ गते घटस्थापनाको दिन सार्वजनिक गरिएको हो । जसमा ३९ वटा कविता समावेश गरिएको छ जस अन्र्तगत १० वटा गिती लयमा, ८ वटा प्रणय कविता र बांकि ३१ वटामा देशको माया, समाजको राजनितीक अवस्था र बिदेशीएका नेपालीको ब्यथालाई कविताको रुपमा ब्यक्त गरिएको छ ।
स्कुले जिवन देखीनै साहित्यमा रुचि भएपनि पढाईको कारणले कुनै कविता संग्रह निकाल्न नपाए पनि बेला बेलामा विभीन्न पत्र पत्रीका तथा मिडीयामा डां. पौडेलका कथा, कविता र नियात्रा भने प्रकाशीत वा प्रशारीत हुदै आएका छन् ।
यति ब्यस्त मान्छे साहित्यमा कसरी अगाडि बढ्नुभयो भन्ने हाम्रो प्रश्नमा डां. पौडेल भन्छन् चिकीत्सा छेत्रमा साहित्य मेरो लागि प्रयोगशाला भएको छ त्यसैले झन मलाई अगाडि बढ्न प्रेरणा दिएको छ । शुनगाभा बुक्स हाउस, नारायणगढ आधिकारीक बिक्रेता रहेको उक्त साहित्यीक संग्रह यदि कसैले चाहियमा बिशेष छुटमा उपलब्ध भएको पनि उनले बताए । हाल यसको बजार मुल्य भने रु २०० तोकिएको छ ।