
महेश पाण्डे
१ कात्तिक, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर १० मा रहेको बैरिया देखी बुढीकुलो सम्मको ७०० मिटर बाटो सडक कालेपत्रे निर्माण सम्पन्न भएको करिब २ महिना पछि बुधवार आर्थीक बिवरण सार्वजनिक गरिएको छ । रत्ननगर नगरपालिकाको ६०–४० को अवधारणा अनुरुप नगरपालिकाको करिब २७ लाख तथा उपभक्ताबाट करिब १० लाख गरि जम्मा ३७ लाखको बजेटमा आचार्य एण्ड ब्रदर्श कन्सट्रक्सन कम्पनिले उक्त सडक निर्माण सम्पन्न गरेको हो । कन्स्ट्रक्सन कंम्पनिले कालोपत्रे ५ मिटरको सम्झौता गरपनि ६ मिटर कालो पत्रे गरेको छ ।
उक्त आर्थीक बिवरण शार्वजनिक कार्यक्रमसंगै शुभ दिपावली, नेपाल संम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी रत्ननगर नगरपालिकाका बरिष्ठ ईन्जिनीयर प्रकाश चन्द्र ढुङ्गाना, बिशिष्ट अतिथीहरु क्रमशः रत्ननगर १० का वडा सदस्य कमल बहादुर घिमीरे, वडा सचिव वाशुदेव रिजाल, टोल समन्वय समितीका संयोजक ज्ञानेन्द्र राज पाण्डे, वडा नागरिक मञ्जकी अध्यक्ष पार्वती पौडेल, शान्तिटोल टोल बिकास संस्थाका अध्यक्ष भरत खनाल, स्वावलम्बन टोल बिकास संस्थाका अध्यक्ष युग बहादुर थापा, तत्कालिन वडा सचिव खगानाथ पराजुली, पत्रकार रामु आचार्य लगाएतका रहेका थिए । कार्यक्रम बैरिया बुढीकुलो सडक कालोपत्रे निर्माण उपभोक्ता समितीका अध्यक्ष ओम प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।