
२ कार्तिक, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
कुकुर तिहारको अवसर पारी बुधवार रोयल राइनो राइडर्स र वे ग्रुपले सौराहामा एक कार्यक्रम गरी पशु कल्याणको क्षेत्रमा कार्य गरिरहेको संस्था एनिमल राइट्स क्लबलाई सडकका कुकुरहरुको व्यस्थापनको लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्नु हुँदै रोयल राइनो राइडर्सका अध्यक्ष सुबिर चरन श्रेष्ठले यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिदै जानु पर्ने साथसाथै राइडर्सहरुलाई पनि सामाजिक क्षेत्रमा क्रियाशिल छन् भन्ने सन्देश सबैमा प्रवाह हुनु पर्ने बताउनुभयो। साथै कुकुरहरुलाई तिहार बाहेक अरु दिन पनि माया र असहायलाई सहयोग गर्नु पर्ने बताउनुभयो। त्यस्तै एकार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले पशु कल्याणको निम्ति हालै जारी भएको पशु कल्याण निर्देशिकालाई मनन गर्दै पशु कल्याणको क्षेत्रमा अघि बढ्नु पर्ने बताएका थिए ।
रोयल राइनो राइडर्सको नेतृत्वमा क्षेत्रपुरबाट सुरु गरिएको कार्यक्रम र्याली सहित पोखरा बसपार्क परिक्रमा गरि सौराहाको हात्ती प्रज्ज्वनन केन्द्रमा आइ समापन भएको थियो।