23439641_1651997064862365_92839812_n
डा. सन्तोष भुषाल
नेपालीको आवाज अनलाईन स्वास्थ्य डेस्क

जन मानस मा सामान्यतया पेट दुखाइ हुने बित्तिकै मलाइ ग्यास्टिक भयो भने बुझाइ रहेको पाइन्छ । पेट मा हुने सामान्य दुखाइ कुनै जटिल रोग को सन्केत हुन सक्द्छ भने कहिले काहीँ जटिल दुखाइ पनि सामान्य रोग को लक्षण हुने गर्द्छ । पेट मा हुने दुखाइ बिशेसत पाचन पर्नाली , कलेजो ,पित्त थैली ,मृगौला , पिसाब सम्बन्धि संक्रमण आदि विभिन्न समस्या ले हुन सक्द्छ तसर्थ यस को सहि मुल्यांकन र उपचार महत्त्वपूर्ण हुने गर्दछ । पेट को दुखाइ महसुस गर्ने बिरामी ले स्वयं मलाइ ग्यस्ट्रइक भयो भनी pantoprazole ,omeprazole, rabeprazole जस्ता औषधी प्रयोग गर्नु हुदैन । यस ले रोग को पहिचान मा मात्र होइन औषधी को गलत प्रयोग बाट हुने हानि को सिकार बनाउद्छ । तसर्थ समयमा नै रोग को सहि पहिचान गरि गरिने औषधी को प्रयोग ले रोग को निर्मुल गर्न मद्दत गर्दछ ।

23416056_1651995178195887_451580546_n

हामिले खाने खाना अस्वस्थकर हुनु , रक्सी चुरोटको सेवन गर्नु , धेरै मोटो पन हुनु , अन्य दिर्घ रोग हुनु , मानसिक तनाब लिनु सबै पेट रोग का कारक हुन सक्दछ्न । स्वस्थ आहार स्वस्थ्य जीवन को आधार हो त्यसैले दैनिक रुप मा आफ्नो खाना लाई स्वस्थकर बनाउन ध्यान दिएमा पनि पेट रोग बाट हुने धेरै समस्या बाट वच्न सकिने छ। त्यसै ले पेट दुखाइ लाई सामान्य रुप मा लिएर स्वयं दबाइ को प्रयोग नगरौ , रोग को पहिचान गरौ , स्वस्थ बनौ ।

तपाईको प्रतिक्रिया