
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपाली राजनितिमा निकै चर्चीत नाम हो । देवेन्द्रराज कण्डेल – ( मुन्ना बाबु ) नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये कण्डेलको नामपनि शिर्षस्थानमा मानिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँण्डेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ ।
राजनीतिमा नै जीवन समर्पण गर्नु भएका नेता कँण्डेलको जीवन संघर्षपूर्ण छ । गाउँदेखि केन्द्रसम्म राम्रो पकड बनाउनुभएका कण्डले यतिबेला प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुनुहन्छ ।
पार्टीमा प्रभावशाली एवंम् कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कँण्डेल अहिले प्रदेश नं.५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फका प्रतिनिधि सभा सदस्यका उमेदवार हुनुहुन्छ ।
यस निर्वाचन क्षेत्रमा उँहाको राम्रो प्रभावसमेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि उँहाको आफ्नै घर रहेको रमपुरवाँ सिमा नाकासम्म फैलिएको यस निर्वाचन क्षेत्रमा कण्डेलको निकै पकड भएको क्षेत्र मानिन्छ । यस अगाबैको दुई दुई पटक सम्म सोही क्षेत्रबाट निर्वार्चीत भई दुई पटक सम्म गृह राज्य मन्त्री हुदा कण्डेलले गरेको कामले राष्ट्रिय चर्चा पाएको हो । कण्डेलले द्धन्द्धकालमा गृह राज्य मन्त्रीको भुमीकामा रहदा सरकारको तर्फबाट तत्कालीन अवस्थामा माओबादीका शिर्ष नेताहरुको टाउकोको मोल तोकेर राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा कण्डेल एकाएक चर्चामा आउनुभएको थियो ।
सोही काम गरेर चर्चामा आउनुभएका कण्डेललाई सोही बखत द्धन्द्ध कालमा तत्कालीन माओबादीबाट १७ राउण्ड गोली प्रहार भई आक्रमणको प्रयास भएको थियो । यद्यपी मृत्युलाई समेत जितेर कण्डेल भाग्यले बाच्न सफल हुनुभयो । यद्यपी कण्डेललाई त्यो बेला लागेको गोलीहरु मध्ये एउटा गोलीअझै पनि कण्डेलको छातीमा छ ।
नेता कण्डेलको पृष्ठभुमी
वि.सं २०१३ चैत्र १४ गते बुवा पृथ्वीराज कँण्डेल र आमा धनदेवी कँण्डेलको कोखबाट जन्मीनु भएका नेता कण्डेलको जीवनपनि संंंघर्षपूर्ण छ । अहिलेसम्मको आफ्नो पूर्ण राजनीतिमै बिताउनु भएका नेता कण्डेल विद्यार्थी जीवनमा पढाईसँगै खेलमा अब्बल हुनुहुन्थ्यो । शैक्षिक योग्यताको हिसाबले उँहा स्नातक तह उत्र्तिण हुनुहुन्छ भने विगतम अन्तराष्ट्रिय हकी खेलाडी भएर पनि नेपाल र भारतको समेत खेल जगतमा योगदान दिनुभएको छ । तर कण्डेलकी हजुरमुवा साथै बुवा पृथ्वीराज कँण्डेलको राजनीतिक जीवनबाट अत्यन्त प्रभावित नेता देवेन्द्र पढाई र खेललाई विद्यार्थी जीवनमै बिट मार्नुभयो । उँहाको बुवा पृथ्वीराज नेपालको पहिलो जन निर्वाचन २०१५ मा सांसद समेत रह्नु भएको थियो भने उहांको उजुरमुवामा पनि पुर्व सांसद हुनुहुन्थ्यो । नेपालको पहिलो जननिर्वा्चित प्रधानमन्त्री र नेपालको २२ औं प्रधानमन्त्रीको रुपमा रह्नु भएको विश्वेश्वर प्रसाद कोईरालाको सरकारमा उँहाको बुवा पृथ्बीराज कण्डेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । तर नेता देवेन्द्रराज कण्डेलले भने औपचारिक राजनीति २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि अन्यन्तै सक्रियताका साथ बहुदलको पक्षमा प्रचारप्रसार अभियानमा लागेर सुरु गर्नु भएको हो । तत्पश्चात नेपाल विद्यार्थी संघमा लागेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका कण्डेल बहुदलीय ब्यवस्थामा साविक बडहरा दुबौलिया गाविसमा दुईपटक अध्यक्षमा समेत भारी मतले बिजयी हुनु भएको थियो ।
केन्द्रीय राजनीतिमा नेता कँडेल
साविक बडहरा दुबौलिया गाविसमा दुईपटक भारी मतले अध्यक्षमा निर्वा्चित भएपछि सो क्षेत्रका जनतामा नेता कण्डेल अत्यन्तै लोकप्रीय बन्नु भएको थियो । त्यही लोकप्रियताका कारणपनि उँहालाई त्यस क्षेत्रका जनताहरुले राष्ट्रिय राजनीतिमा पु¥याउनका लागि भारी मतले दुईपटक बजयी गराएका थिए । २०५१ सालको सांसदीय निर्वाचनमा नेता कँण्डेल त्यतीबेला निर्वाचन क्षेत्र नं.४ बाट उमेदवारी दिई बिजयी बन्नु भएको थियो । त्यति बेला उँहा (नेपाली कांग्रेस) ले १९ हजार ५ सय १० मत प्राप्त गर्नु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी नेपाल सद्भावना पार्टीका दुर्गा प्रसाद चौधरीले १४ हजार ७७ मत प्राप्त गर्नु भएको थियो । यस्तै २०५६ मा भएको सांसदीय निर्वाचनमा सोही क्षेत्रबाट उँहाले १८ हजार ६ सय ७१ मत प्राप्त गरेर विजयी हुनु भएको थियो भने उँहाका प्रतिद्धन्द्धी दुर्गा प्रसाद चौधरीले १६ हजार ९ सय १५ मत प्राप्त गर्नु भएको थियो । दुईवटै निर्वाचनबाट बिजयी भएर उँहाले गृह मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी संभाल्नु भएको थियो । तत्कालीन गिरिजा प्रसाद कोईरालाको सरकारमा उँहाले संसदमा सचेतकको भुमिका समेत निर्वाह गर्नु भएको थियो । यद्धपी उक्त समय देशमा माओबादी केन्द्रको ससत्रद्धन्द्ध काल चरम सिमा नाघेको थियो । शुरक्षाको दृष्टिकोणले अत्यन्तै मह्त्वपूर्ण रहेको गृहमन्त्रालयमा जिम्मेवारी संभाल्न त्यतीबेला त्यत्तिकै चुनौतीपूर्ण पनि थियो । नेता कण्डेलकै शब्दमा त्यतीबेला कुनै नेताले गृहको जिम्मा संभाल्न नमानेको बताईएको छ । तर त्यो कठिन परिस्थितिमा दुई दुई पटक सम्म गृहमा राज्य मन्त्रीको जिम्मा कँण्डेलले संभाल्नु भएको थियो । ससत्रद्धन्द्ध कालमा शान्ति शुरक्षा कायम गर्नका लागि उँहाले चालेको केही कदम र बोलेको बचनले गम्भीर आक्रमणको सामना समेत गर्नुपर्यो । वि.सं २०६० भाद्र १२ गते माठमांडौमा उँहा माथी १७ राउन्ड गोली प्रहार भएको थियो । जसमध्ये ७ वटा गोली उँहालाई सरीरको विभिन्न भागमा लागेको थियो । एउटा गोली अझै उँहाको छातीमै रहेको छ ।
२०६० पछिको यात्रा
अहिले बोनस लाईफ बाँचीरह्नु भएका नेता कँण्डेलको २०६० पछिको जीवनमा निकै उतारचढाव भएको छ । २०६० पछि उँहाले १ वर्षको जीवन निर्वाशन जीवन बिताउन पर्याे । तर २०६२÷६३ को आन्दोलनमा उँहालाई पार्टीले कांग्रेसको तर्फबाट अग्रणी भुमिका निर्वाह गर्न जिम्मा दियो । उँहाले लुम्बिनि अञ्चलको कमाण्डर बनेर त्यती बेला कांग्रेसको तर्फबाट कमाण्डर भएर नेतृत्व गर्नु भएको थियो । प्रजातन्त्रलाई पुर्नस्थापना गर्नकालागि भएको उक्त आन्दोलनमा पनि उँहाको निवास रमपुरवाँ गाविसको महेशपुरमा समेत आक्रमण भएको थियो ।
२०७४ को निर्वाचन
नवलपरासी निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यमा आफ्नो जित शुनिश्चित रहेको नेता कँण्डेलको दावी छ । यस निर्वाचन क्षेत्रमा सरावल गाउँपालिकाको वडा नं.१, २ र ३, सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाहरु रहेका छन् । यँहा १ लाख ५ हजार ८ सय ६९ मतदाताहरु रहेका छन् । पाल्हीनन्दन गाउँपालिकास्थित महेशपुरमा उँहाको घर पनि हो । तर स्थानीय तहको चुनावमा उक्त गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्र बिजयी भएको छ भने उपाध्यक्षमा कांग्रेसले जितेको छ । यद्धपी पाल्हीनन्नद गाउँपालिकामा कांग्रेसले अहिले आफ्नो स्थितिमा निकै सुधार ल्याएको देखिएको छ । यता रामग्राम नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांस वडामा कांग्रेसनै बिजयी भएको छ ।
यस्तै सुनवल नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उमेदवार बिजयी भएका छन् । यस्तै सरावल गाउँपालिकाको वडा नं १, २ र ३ मा नेपाल लोकतान्त्रीक फोरम बिजयी भएको छ । तर उक्त गाउँपालिकाको फोरमका अध्यक्ष सहित फोरम नवलपरासीनै कांग्रेसमा बिलय भएको छ । यो अवस्थामा कांग्रेसलाई अहिलेको प्रतिनिधि सभा सदस्यमा सकस नहुने देखिन्छ । यो निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट उमेदवारी दिएका माओबादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादव र राजपाका केन्द्री उपाध्यक्ष गोबिन्द चौधरी उँहाको प्रतिद्धन्द्धी हुनुहुन्छ । तर मंसिर २१ गते हुने निर्वाचनमा कांग्रेस र बाम गठबन्धन बिचनै प्रतिस्पर्धा हुने मतदाताहरुको आंकलन छ ।
अन्तरवार्ता
आसन्न चुनाव नजीकीदै गर्दा विभिन्न पार्टिले आ–आफ्ना पार्टिका चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा २ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलसंग आसन्न निर्वाचनसंग रहेर गरीएको कुराकानी ।
अहीलेको बाम गठबन्धनसंग चुनावी मैदानमा आउदा नेपाली कांग्रेसलाई कस्ता चुनौतिहरु देख्नु भएको छ ?
मेरो विचारमा एमाले र माओवादी केन्द्रले गरेको यो चुनाव केन्द्रित गठबन्धन जसलाई बाम गठबन्धन भनिएको छ । यो केवल मतदातालाइ झुक्याउने खेल मात्र हो, चुनाब पछि यी दुई पार्टि एकिकरणको कुनै सम्भावना छैन् ।
अहिले एमाले र माओवादी केन्द्र पार्टि एकताको निकै चर्चामा रहेको बेला तपाईले यी दुई पार्टि एकिकरण कुनै सम्भव छैन भन्नु भयो किननी ?
राजनिति सिद्धान्तमा आधारीत रहेर गरीन्छ । यी दुई पार्टि विच पार्टिगत रुपले हेर्दा कुनै पनि सिद्धान्तहरु मिल्दैनन् । जवकी सिद्धान्त नै मिल्दैन भने कसरी पार्टि एकिकरण हुन सक्छ । अहीले आएर माओवादी केन्द्र पार्टि एमालेमा नै विलय हुनु थियो भने यो पार्टिले आफ्ना कार्यकर्ता र आफ््नो सिद्धान्त नै छाड्नु पर्दछ त्यसैले मलाई लाग्छ की माओवादि केन्द्रले आफ्नो सिद्धान्त नै छाडेर एमालेमा विलय हुदैन ।
अहीले चुनावि मैदानमा बाम गठबन्धनसंग हुमीदा चुनाव जित्न तपाईलाई निकै चुनौति छ भन्छन नि ?
तपाईले भनेको कुरा बाहीरी विश्लेषणको आधारमा निकै सही हो तर चुनावमा आन्तरीक विश्लेषण गर्न जरुरी छ । हामी आन्तरीक र बाह्य विश्लेषण गरेर हेर्दा मैले त मेरो क्षेत्रमा म संग चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखेको छैन ।
तपाईले त अचम्मको कुरा पो गर्नु भयो त, तपाई संग अहीले चुनावि मैदानमा बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटव्यारो सदस्य घनश्याम यादव हुनुहुन्छ । उहांसंग तपाइैको चुनावी प्रतिस्पर्धा हुदैनन ?
हो तपाईले भनेको कुरा एकदमै सही छ म संग चुनावी मैदानमा अहीले बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादव हुनुहुन्छ । र यहांसंग मेरो चुनावी प्रतिस्पर्धा नै हुदैन किनकी उहां नवलपरासी जिल्ला निवासीनै होइन र नवलपरासी जिल्लामा पनि एमाले र माओवादी केन्द्रका धेरै साथिहरु हुदाहुदै रुपन्देहीबाट आएर नवलपरासीमा चुनावी मैदानमा हुमीनु भएको छ । उहा त हाम्रो जील्लाको अतिथि हो, र अतिथिसंग मेरो प्रतिस्पर्धा हुदैन र छैन पनि ।
तपाईले आफ्नो प्रतिस्पर्धा हुदैन भन्नु भएको छ । मतदातासमक्ष पुग्दा कस्तो अनुभुति पाउनु भएको छ त ?
तपाईले एकदमै राम्रो प्रश्न जोड्नु भयो । म अहीले सुनवल, परासी, सरावल, पाल्हीनन्दन लगायतका ठांउहरुमा दैनिकी घर दैलौमा हिडिरहेको छु । म प्रति जनताको ठुलो आशा र अभिलाशा रहेको छ र म जनताका ति आशा र अभिलाषा परीपुर्तिका विगत देखी हालसम्म पनि निकै तल्लीन हुन्छु । त्यसैले चुनावी परीणम पछि जनताका आशा र अभिलाषाहरु परीपुर्तिका लागी काम गर्छु ।