
२७ पौष, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पूर्वी चितवनको बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमन भुषाल निर्वाचित हुनुभएको छ । हरिहर बेन्क्युट रत्ननगर १ निपनीमा आज बुधबार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षतामा मेघनाथ पौडेल, सचिवमा सुरज पौडेल, कोषाध्यक्ष किशोर चालिसे रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा विपिन शर्मा आचार्य, दिपेन्द्र शर्मा चापागाई, जायश्वर शर्मा, योगराज सुवेदी, पार्वती पौडेल, सम्झना पौडेल पराजुली रहेका छन् । अधिवेशनले पूनःरामचन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । लेखा समितिको सदस्यमा महेश पाण्डे, माधव पौडेललाई चयन गरिएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष मेघनाथ पौडेलले आर्थिक प्रतिवेदन, लेखा संयोजक रामचन्द्र देवकोटाले लेखा प्रतिवेदन, ऋण उप समितिका संयोजक सुरज पौडेलले ऋण प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थाका अध्यक्ष वेदप्रसाद आचार्यले प्रगति प्रतिवेदन तथा संस्थाको भावी निति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा चितवन क्षेत्र नं १ ख का प्रदेश सांसद कृष्ण खनालले देशको आर्थिक विकासको लागी सहकारीको महत्वपूर्ण भुमिका रहेको बताउदै सहकारी मार्फत् छरिएर रहेका पूजीँहरु एकिकृत भई लगानी गर्ने बातावरण बनेको बताउनुभयो । सरकारले निजि, सरकारी, सहकारी गरि तीन खम्वे अर्थनिति लिएको भन्दै सबै क्षेत्र मिलेर अगाडी बढे् देशको अर्थतन्त्र मजबुद हुने विश्वास व्यक्त गर्नुभयो । सांसद खनालले स्थानिय, प्रदेश र केन्द्रको चुनावपछि अब जनताले आर्थिक समृद्धि चाहेको बताउदै सहकारीको आवश्यक निति नियम, कानुन प्रदेश मार्फत बनाउने बताउनुभएको थियो । कार्यक्रममा जनजागृति सहकारी संस्थाका अध्यक्ष रमाकान्त पौडेल, स्वागत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नोदनाथ लामिछाने, सर्वज्ञ बचत तथा ऋण सहकारी संस्थाका सचिव दिपेन्द्र रिजाल, अमृत दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एकनारायण पौडेल, प्रदेश सांसद तथा माओवादी केन्द्रकी नगर इन्चार्ज कंचन खनाल, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, एमाले नगर इन्चार्ज रामशरण कुंवर लगायतले बोल्नुभएको थियो । साधारणसभामा उत्कृष्ट बचत कारोवार गर्ने ५ जना विष्णु अधिकारी, अनिरुद्र गौतम, बिष्णु श्रेष्ठ, टिकाराम पौडेल, डम्बर बहादुर प्रधान, त्यस्तैगरि उत्कृष्ट ऋणी कारोबार गर्ने सावित्रा ढकाल, हेमा अधिकारी, होमनाथ पाण्डे, होमनाथ धिताल, जायश्वर शर्मालाई प्रमाण पत्र र नगदसहित सम्मान गरिएको थियो । त्यस्तै गरि जेष्ठ सदस्यको रुपमा कोपीलामणी पौडेल र उत्कृष्ट कर्मचारीको रुपमा स्वतिमा खड्कालाई सम्मान गरिएको छ । संस्थाका सचिव हेमा अधिकारीले सन्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Read more at: http://www.khabarsamriddhi.com/archives/3540