डा. सन्तोष भुषाल
नेपालीको आवाज अनलाईन स्वास्थ्य डेस्क

स्वास्थ जीवन का लागि स्वास्थ खाना जीवन अनमोल एब अबसरहरु मय छ । हरेक मानिस आफ्नो जीवन सुखमय रुपमा ब्यतित गर्न चाहान्छ । सुख मय जीवन को लागि स्वस्थ प्रमुख आधार मानिन्छ र स्वस्थ्य रहन हाम्रो दैनिकी को महत्त्वपूर्ण भुमिका हुने गर्दछ । हामिले आचरण गर्ने बानी , दैनिक गरिने कामहरु एब हामिले खाने खाना को ठुलो भुमिका हुने गर्द्छ । आज हामि स्वस्थ हुन कस्तो खाना हरु खाने एब कस्ता दैनिक क्रियाकलाप हरु गर्दा उत्तम हुन्छ त भनेर जान्ने प्रयास गर्नेछौं । खाना मा के खाने त? खाना जीवन को आधार हो । खाना बिना जीवन सम्भव छैन । यति महत्त्वपूर्ण खाना मा हामी कति सजग छौ त ? स्वयं प्रस्न गर्न सकिन्छ। बढ्दो शहरीकरण र ब्यस्त दैनिकि ले हामिले खाने खाना को गुणस्तर मा कमि आएको हुन्छ। बाहिर बनाइएको खाना हरु बढी मात्रा मा खाने बानी ले स्वस्थ लाई नकारात्मक असर हरु गरि राखेको हुन्छ। स्वस्थ्यता को लागि कस्तो खाना हरु प्रयोग गर्दा उचित हुन्छ त , आउनुहोस यश बारेमा छलफल गरौं –

१.खाना मा गुलियो अर्थात् चिनी को मात्रा मा कमि गर्ने खाना मा चिनी अर्थात गुलियो को मात्रा बढी प्रयोग गर्नु त्यति राम्रो मानिदैन। यस ले प्रत्यक्ष रुप मा शरीर मा तौल बढाउने काम गर्दछ भने मुटु रोग , डाएबिटिज अर्थात सुगर रोग को कारण बन्न सक्दछ । त्यसैले खाना मा कम चिनी प्रयोग गर्नु उचित मानिन्छ ।

२. नट्स खानु कस्तो मानिन्छ त ? दैनिक रुप मा नट्स अर्थात बदाम काजु जस्ता फल हरु को प्रयोग गर्नु उत्तम हुन्छ । यस्ता फल मा फ्याट को मात्रा बडि हुने भएता पनि उक्त फ्याट कम हानिकारक मानिन्छ । यस्ता फल हरु मा भिटामिन इ र शरीर लाई आवस्यक पर्ने थुप्रै तत्व हरु पाइन्छ।

३. दैनिक रुप मा प्रयोग गरिने कफि कति स्वस्थ्यकर ? हामिले दैनिक प्रयोग गर्ने कफि एकदमै स्वस्थ्यकर मानिन्छ ।यस मा पाइने एन्टिओक्सिडेन्ट ले मानिस को आयु सन्तुलन मा राख्ने , डाइबिटिज , अलजाइमर रोग हरु बाट बचाउने गर्द्छ ।

४. रेडिमेड खाना मा कमि गरौ सजिलै उपलब्ध हुने , बनाउने झन्झट नहुने हुदा सबैलाइ यस्ता खाने कुरा ले लोभ्याउनु कुनै आश्चर्य भएन तर यस्ता खाने कुरा ले चाहिँ स्वास्थ लाई राम्रो गर्दैन ।यसले मोटो पना बढाउने , शरीर को रोग सङ लड्न सक्ने क्षमतामा कमि ल्याउने काम गर्द्छ । त्यसैले यस्ता खाना र जुस हरु कम प्रयोग गर्नु पर्दछ।

५.स्वस्थ पेट का लागि कस्तो खाना खाने त ? खानामा हरियो साग सब्जी , फलफूल को प्रसस्त प्रयोग ले पेट सम्बन्धी समस्या मा धेरै कमि गर्नु का साथै यस सम्बन्धि लाग्ने गम्भीर प्रकार का रोग बाट मुक्त हुन सकिन्छ । खाना सन्तुलन राख्ने मानिस लाई प्राय कमै पेट का समस्या देखिने गर्द्छ। एक्युट ग्यास्ट्राइटिस , आइबिस , पाइल्स, क्यान्सर जस्ता रोग हरु मा स्वस्थ खाना ले धेरै कमि ल्याउने गर्द्छ।

६. पानीको प्रसस्त प्रयोग पानी निकै लाभदायक मानिन्छ। पानि खाइ राख्ने बानिले शरीर मा उर्जा को बिकास गर्दछ भने पिसाब मृगौला सम्बन्धी , पेट को रोग हरु मा कमि ल्याउने गर्द्छ। बिशेश गरि खाना खाने पुर्ब र बिहान खाली पेट मा पिउने पानी स्वस्थ्यकर मानिन्छ ।

७. माछामासु मासु भन्दा माछा स्वस्थ मानिन्छ ।यश मा मुटु र रक्त प्रणाली मा आवस्यक पर्ने तत्व पाइन्छ। माछा मासु को प्रयोग गर्दा चिल्लो कम गर्ने , नडडाउने गरि पकाउने गर्नु पर्दछ ।

८. घाम मा बस्ने बानी घाम मा बस्ने बानी को फाइदा र बेफाइदा दुबै छन।बिहानी पख को घाम मा बस्ने बानिले शरीर लाई आवश्यक पर्ने भिटामिन डि पाइन्छ भने चर्को घाम ले शरीर मा छाला सम्बन्धि असर हरु गर्न् सक्द्छ।

९. मादक पदार्थ को प्रयोग चुरोट , रक्सी जस्ता मादक पदार्थ को प्रयोग कम गर्नु पर्द्छ । यश ले कलेजो फोक्सो मात्र होइन सम्पुर्ण शरीर लाई स्वस्थ्य राख्नु को साथ साथै रोग सङ लड्ने क्षमताको बिकास गर्दछ ।

१०. शारीरिक क्रियाकलाप उमेर , तौल , रोगहरु तथा आफ्नो क्षमता अनुसार सामन्य दैनिक शारीरिक क्रियाकलाप हरु गर्नु पर्द्छ।यसले रक्तसञ्चार को बिकास गर्दछ भने हामिलाइ उर्जाशिल बनाउदछ । मुटु सम्बन्धि रोग हरु मा कमि ल्याउन मद्दत गर्दछ ।

तपाईको प्रतिक्रिया