१८ माघ, पोखरा
नेपालीको आवाज अनलाईन न्युज डेस्क

नक्कलि मनोज पुन बनि फिरौति माग्ने समुहलाई कास्की प्रहरीले प्रकाउ गरी आज सार्वजनिक गरेको छ । मनकामना केबलकार संचालक राजेशबाबु श्रेष्ठ लागायत अन्य केहि व्यक्तिहरुलाई आफुहरु मनोज पुन समुहको व्यक्ति भएको भनि धाक धम्कि दिई फिरौति माग्दै आएका नक्कलि मनोज पुन भनिने रामु सुबेदी र अमृत खड्कालाई पोखरा लेखनाथ म.न.पा. वडा नं १५ राम बजारबाट प्रहरीले पक्राउ गरेको हो । निज अमृत खड्कालाई खान तलासि गर्दा निजको साथबाट फिरौति माग गर्न प्रयोय भएको सिम र २ थान मोबाईल समेत बरामद गरीएको छ । घटनाको मुख्य योजनाकार स्याङ्जाका पुलडा नं ६ टक्सँर घर भई हाल कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को शंकर भनिने नल बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । आर्थिक प्रलोभनमा परी घटनामा संलग्न भएको रामु सुबेदी र अमृत खड्काले बयान दिएका छने भने आफ्नो आर्थिक अवस्था बिग्रिएको र आर्थिक लाभ हुने नल बहादुर गुरुङले बयानमा बताएको प्रहरीले जानाएकोे छ । साथै फिरौती माग्नको लागि धम्काउन आफ्नै मोबाईलको सिम दिने स्याङ्जा जिल्ला फेदी खोला गा.वि.स २ बस्ने वर्ष २३ का शिब कार्कीलाई समेत प्रहरीले प्रकाउ गरेको छ ।

Chat Conversation End
Type a message…

तपाईको प्रतिक्रिया