२८ फागुन, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
एघार जना चार्टर्ड एकाउन्टेन्टहरु संस्थापक रहेको बिजहब कन्सल्टिंग सर्भिस प्रा.लि.( BizHub) ले फाल्गुन २४ गतेबिहिबार,अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न गैरसरकारी तथा अन्तरास्ट्रिय गैरसरकारी संस्थाका लेखा, ब्यबस्थापन तथा कानुन विभागका कर्मचारीहरुलाई होटल हिमालय ललितपुरमा एकदिने अन्तरक्रियात्मक तालिम सम्पन्न गरेको छ । उक्त तालिम “Ensuring Sustainability of NGO & INGO in Changed Context of Federalism” भन्ने शिर्षकमा आयोजना गरिएको र उक्त तालिममा त्यस्ता संस्थाले पालना गर्नुपर्ने करसम्बन्धी ब्यबस्थाहरु, परियोजना संचलानमा भोगेका करका समस्याहरु, परिवर्तित ऐनले उक्त संस्थाहरुमा पार्ने कानुनी प्रभाब र लेखा तथा वित्तीय ब्यबस्थापन संग सम्बन्धित बिषयहरुमा छलफल तथा अन्तरक्रिया भएको बिजहबका संस्थापक संचालक तथा चार्टर्ड एकाउन्टेन्टश्री प्रदिप सिग्देलले बताउनुभएको छ ।
उक्त तालिममा ललितपुर कर कार्यालयका प्रमुख कर अधिकृत श्री लाल बहादुर खत्री, अधिबक्ता डा. गोकुल बुर्लाकोटी र बरिस्ठ चार्टर्ड एकाउन्टेन्ट श्री नन्द किशोर शर्मा ले सम्बन्धित बिषयमा प्रशिक्षण दिनुभएको थियो Iतालिममा करिब ५० संस्थाहरुबाट ६० जनाभन्दा बढी प्रसिक्षार्थीहरु सहभागी भएका थिएI यस अगाडी पनि उक्त संस्थाले ३० ओटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई Risk Based Internal Audit (RBIA) को तालिम संचालन गरेको थियो Iबिजहबले आगामी दिनहरुमा पनि यस्तै प्रकारका समय सान्दर्भिक अन्य तालिमहरु संचालन गर्ने योजना रहेको जानकारी उक्त संस्थाका संचालक तथा Association of Chartered Accountants of Nepal (ACAN) का कार्यसमिति सदस्य श्री सुबास पौडेल ले दिनुभएको छ ।

तपाईको प्रतिक्रिया