“भुइँ छुन नसकेको पक्षी”

त्यो आकाशको माथी माथी
गन्तब्यलाई चुमेर
हावा सङ्गै बादल सङ्गै
सुस्केरा हाल्दै
आएको पक्षी।

बोकेर ल्याएको थियो
बचेराको आहारा
सपनाको रङ्गिन गुबडा
नयाँ आशा र भरोसा।

नयाँ शिप
नयाँ परिवेश
नयाँ उमङ्ग
नयाँ जोश।

हावामा उडेको
उसको कल्पना
भुइँमा झर्नै पाएन।

पक्कै पनि उसको
सपना प्रती
धर्तीलाई ईष्र्या
लागेको हुनुपर्छ।

कवि जनक कार्की

तपाईको प्रतिक्रिया