
सानै देखी गीत सङ्गित निकै मन पराउने हरि आले मगर।स्कुलमा सरले के बन्छस ठुलो भएर ? भन्दा नारायण गोपाल भन्थ्यो।निकै मिठो गीत गाउने हरि आज ठुलो भएको छ।गीत रेकर्डिङ गर्न काठमाडौ आएको हरि अलमल्ल पर्दै बितरक कम्पनी खोज्दै छ।दुई महिना भैसक्यो धाउदा धाउदै थाकिसक्यो।सबैलेले १/२ लाख खर्च गर्नुपर्छ।गीतको स.डि बिक्दैन भन्दै फर्काउछ्न। आज सात दिन देखी चिउरा र मटरको सब्जी मात्र खाएर काठमाडौको गल्लीहरुमा धाउदै छ।पैशा सकिन लागेर अब आफ्नो सपनाको दागबत्ती दिएर घर फर्कने सुरमा छ हरि!! आज जिवनको अन्तिम प्रयास गर्छु नत्र भएन भने साउदी कतार हान्निन्छु भनेर एउटा बितरक कम्पनीसङ्ग जादै छ।रिसेप्सनको बहिनीले एकछिन कुर्नुस भनेको पनि सात घण्टा भैसक्यो। अब अफिस सकिनै लाग्दा भित्रा बाट आवाज आउछ। हरि मगर को हो आउनुस।
म निकै आशा बोकेर भित्र पस्छु। सर नमसकार नमस्कार अनि गीत गाएर सुनाउनुस भन्छ।म्यानेजरले उस्ले अहह अहह गरेर नारायण गोपालको गीत सुनाउछ। लौ सुन म भन्छु।मेरो प्रेम काहानी। म्यानेजर भन्छ।हैट यस्तो रुन्चे गीत गाएर पनि हुन्छ। ज्योति मगरले झै बुरुक बुरुक उफार्ने गीत गाउनु पर्छ। उ अकमक्क पर्छु। उ केहि बोल्न सक्दिन। त्यतिकै मा “मे आइ कम इन सर भन्दै। एउटी अधबैंसे आइमाई छिर्छिन।कोठा भित्र। आउनुस आउनुस बीना जी बस्नुस भन्दै स्वागत गर्छ।म्यानेजरले अनि म्यानेजर भन्छ। तपाईं त निकै छाउनु भाको छ मिडियामा “बीनाजी” हजुर मलाई डिवोर्स फापेको छ। स्वतन्त्र भएकी छु। अब आफ्नो सपना पुरा गर्नु छ। त्यो सुने पछि म्यानेजर भन्छ। के सहयोग गरौ भन्नुस…… म सानै देखी गीत गाउने शौखिन तर पारिवारिक झमेलाले कहिले अवसर मिलेन अब त रोक्ने पनि कोहि छैन । म्यानेजर : हुन्छ हुन्छ भैहाल्छ नी एउटा गीत गाएर सुनाउनुस भन्छ।त्यी युवती गीत गाउछिन। झलझली आखामा कस्तो बस्यो ………… गीत सके पछि म्यानेजर भन्छ निकै राम्रो बिनाजी अलिअलि खर्छ गर्नुपर्छ। म्युजिक भिडियो बनाउने अनि बबाल चल्छ। २/३ लाखको जोहो गर्नु होला। त्यी आइमाई हुन्छ।पैशाको चिन्ता नगर्नुस।म सङ्ग टन्नै छ। डिभोर्सबाट पनि राम्रै आको छ। हरि छेउमै बसेर सबै कुरा सुनिराको थियो। सोच्दै थियो।यसरी स्वर बिनानै पैशाले गीत गाउने रैछ। मेरो स्वरको के काम।मेरो गलाको के काम। आज साथी सङ्गै बिदेश लागेको भए मेरो पनि ढलान गरेको घर हुन्थ्यो।बेकार यो कलाको पछाडि लागेछु भन्दै अन्तरसवांद गर्दै थियो।त्यतिकैमा म्यानेजरले ल हरि जि तपाइँको गीत भएन फेरी पनि रेकर्डिङ गर्ने हो भने २ लाख लिएर आउनुस।राम्रो बजार ब्यवस्थापन गरौला भन्यो। काठमाडौ बाट सपनाको हत्या गरेर फर्केको पनि आज १ महिना बित्न लाग्यो।हरिलाई आजभोली गीत सङ्गीत सुन्न मन पर्दैन।बितृष्णा लागेर आउछ।पासपोर्ट बनाएर बिदेस जाने चक्करमा छ हरि! यसो समय कटाउन मोबाइलमा फेसबुक हेर्दै गर्दा उस्ले देख्छ। त्यही आइमाई जसलाई उसले त्यो बितरक कम्पनीमा देखेको थियो।शिर्षक थियो बीना ढकालको गायन यात्रा सुरु भित्र पसेर गीत हेरे लाइक भन्दा डिसलाईक बढी अनि कमेन्टमा ताली भन्दा गाली बढी । हरि एकछिन निकै गहिरिएर सोच्न थाल्यो।यस्ता मान्छेले गीत गाउन थाले पछि हामी हिन्दी र अङ्ग्रेजी गीत नसुने के सुन्ने त। यहाँ गीत स्वरले होइन पैशाले गाउने रैछ भन्दै मुरमुरियो र आफैलाई धिक्कार्यो।आफ्नै कला प्रती उसलाई पश्यताप भएर आयो।अनि सम्झियो उसलाई मन पर्ने गीत। उडायो सपना सबै हुरीले,,,,,,,,,,,,,,,,,,,,,,,,,,।
जनक कार्की
तानसेन पाल्पा हाल :यु.ए.ई