पोखरा ५ चैत्र ।
नेपालीको आवाज अनलाईन न्युज डेस्क
सामाजिक सञ्जाल फेसबुकबाट उपहारको नाममा ठगी गर्ने ९ जना पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार सामाजिक संञ्जाल (इमो भाईबर फेसबुक म्यासेन्जर) बाट उपहार पर्यो भन्दै पैसा ठगी गर्ने ३ घटनाका ९ जनालाई नियन्त्रणमा लिइएको हो ।
कास्की जिल्ला तथा अन्य छिमेकी जिल्लाका ब्यक्तिहरुलाई सामाजिक सञ्जाल (भाईबर ईमो तथा म्यासेन्जर) बाट चिठ्ठा पर्यो भन्दै ठगी गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
उनीहरुले इमो तथा भाईबर कलबाट २५ लाख रुपैयाको चिट्ठा परेको र तपाइको छोराछोरी तथा परिबारलाइ सुन ,नगद पठाएको छु भन्दै झण्डै १ करोड ३० लाख भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दुई लाख एक हजार सहित प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सयुक्त टोलिले कास्की,पाल्पा र धनुषा प्रहरीको सहयोगमा धनुषाबाट पक्राउ गरिएको हो ।
घटना नं १ :
करिब डेढ बर्ष अगाडी देखी बिदेशी नागरीकले म र मेरो परिबारलाई सामानहरु सँगै पैसा पठाएको छु भारतमा आएर सामान रोकिएको छ तपाइको ट्याक्स क्लियर छैन बोडरमा राजश्व लाग्ने भयो र म सामान निकाल्न आउदै गर्दा थुनामा परेको छु भन्ने बहाना बनाई पटक पटक पाल्पा निस्दी गाउपालिका बडा नं ७ बस्ने ज्यामिरेका बर्ष २६का याम रानामगरको बैक अफ काठमाण्डौको खातामा पैसा पठाएको र त्यसपछी केही सम्पर्क नगरेपछि ठगीए भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निबेदन दिएपछि अनुसन्धानका क्रममा पाल्पा जिल्ला निस्दी गाउपालिका बडा नं ७ ज्यामिरेबाट चैत्र १ गते सोहि स्थानका २६ बर्षीय याम बहादुर मगरलाई नियन्त्रणमा लिइएको हो ।
घटना नं २ :
कास्की तथा अन्य जिल्लाका बिभिन्न ८८ जना ब्यक्तिहरुलाई सामाजिक सञ्जालबाट तपाईलाई २५ लाखको चिठ्ठा परेको छ भनि सो रकम लिनका लागी तपाइको ट्याक्स क्लियर छैन बोडरमा राजश्व लाग्ने भयो भन्दै बिभिन्न बहाना बनाई ठगी गर्ने ५ जनालाइ पोखरालेखनाथ महानगरपालिका बिभिन्न स्थानबाट चैत्र १ गतेनै पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धादिङ नेत्रवति गाऊपालिका वडा नं १ का २८ बर्षीय ठाकुर गुरुङ, धादिङ खनियावास गाउपालिका वडा नं ५ का २६ बर्षीय टेक बहादुर तामाङ सोहि स्थानका २४ बर्षका जेनिस तामाङ, धादिङ नेत्रबति गाऊपालिका वडा नं १ का २८ बर्षीय गणेश गुरुङ र सोहि स्थानका १९ बर्षीय मनोज तामाङ छन् ।
घटना नं ३ :
पोखराबाट पक्राउ परेका ५ जनासँगको सोधपुछका क्रममा साउदी अरबमा रहेका नरेश राउतले भने बमोजिम पैसा झिकी बिभिन्न ठाउमा पठाउने गरेको र पठाउने क्रममा प्राय जसो जनकपुरमा पठाएको भन्ने खुल्न भएको थियो । त्यसपछि नरेश राउतले घनुषा स्थित सगिता मिश्रको नाममा पैसा पठाउने भनेपछी प्रहरीले नै पैसा पठाई घनुषा प्रहरीको सहयोगमा संगिता मिश्र र निज सगै रहेकी कामनी तिबारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी संगिता मिश्रलाई सोधपुछ गर्दा सम्पुर्ण काम योगेन्द्र तिबारीले भनेर गरेको खुल्न आएपछि उनलाई पनि चैत्र २ गते नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उनीहरुलाई ठगी मुद्धामा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।