काठमाडौँ, ७ चैत
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गृहमन्त्री रामबहादुर थाप‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँग साथै खाना खानुभएको छ ।
बिहान १०:१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गर्नुभएको थियो ।
सबै निरीक्षण सकेपछि उहाँले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ लाग्नुभयो ।
त्यहाँ खानाखाईरहेको प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। उहाँले बसेर खाईराख्न आग्रह गर्नुभयो ।
सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गर्नुभयो ।
उहाँको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । पुग्छ हजुर भनेर जवाफ दिए । ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बस्नुभयो ।
उहाँको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रह्री जवानले साथै खान खानुभयो ।
गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खानुभयो ।
दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।
गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थिएन। गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।
सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उहाँले जनताको जिउ,धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गर्नुभयो ।
सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता टाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।