
बिपिन शर्मा आचार्य,
४ बैशाख, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाइन न्युज डेस्क
“हामी सबैको इच्छा, अनिवार्य नि: शुल्क आधारभूत शिक्षा” भन्ने मुल नारा सहित बकुलहर माध्यमिक बिद्यालयले आज देखि भर्ना अभियान सुरु गरेको छ । शैक्षिक सत्र २०७५ का लागि नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुलेको हो । कक्षा ५ सम्म अंग्रेजी माध्यममा साथै नर्सरीमा दिवा खाजाको ब्यबस्था रहेको यस बिद्यालयमा दक्ष एवं अनुभवी शिक्षक द्वारा ई-लाइब्रेरी सहित पठनपाठन गराईन्छ ।
आजको यस भर्ना अभियानमा जनप्रतिनिधि, बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष, पुर्ब अध्यक्ष, अभिभावक, शिक्षक शिक्षिका लगायतको उपस्थितिमा रत्ननगर १ को विभिन्न टोल परिक्रमा गरि बकुलहर चोकमा पुगेर समापन गरिएको छ ।