१३ जेष्ठ, काठमाण्डौ
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माणधिन चलचित्र “कपुरी क” को अहिले स्टुडियोमा धमाधम काम भैरहेको छ । लामो समय देखी निर्माताको रुपमा चलचित्र निर्माणमा काम गरिरहनुका चर्चित कलाकार एवम निर्माता चेतबहादुर सिंह “राजा” को निर्माणमा बनिरहेको चलचित्र “कपुरी क” को स्टुडियोको काम धमाधम भैरहेको हो । पुर्ण मनोरन्जनात्मक कथामा बनिरहेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्र “कपुरी क” सन्देश मुलक भन्दा पनि पुर्ण मनोरन्जनात्मक भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा लायन्स क्लब अफ ईन्टरनेशनलको पनी सहभागिता रहेको छ । नेपाल चलचित्र कलाकार संघका सचिव, लायन्स क्लब अफ काठमाण्डौ चन्द्रागिरीका अध्यक्ष र गुन्जन एण्ड कुसुम फिल्मस प्रा.लिका अध्यक्ष लगायत अन्य थुप्रै सामाजिक सस्थामा आबद्द रहनुभएकाका चेतबहादुरले नै निर्माण गरेको चलचित्र “सुनपानी” ले यस अघि नै विशेष चलचित्रको उपाधी समेत पाउन सफल भएको थियो । छुवाछुत विरुद्दको कथा वस्तु समेटिएको उक्त चलचित्रले दर्शकको राम्रो साथ सङ्सङै प्रतिकृया पनि राम्रो पाएको थियो । चेतबहादुर आफैमा एक कुशल कलाकार पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया