
बिपिन शर्मा आचार्य
३१ जेष्ठ, रत्ननगर चितवन
नेपालीको आवाज न्युज डेस्क
परोपकाराय पुण्याय । अभिभावकत्व गुमेको प्रजा परिवारलाई सहयोग जुटेको छ ।
रोटरी क्लब अफ रत्ननगरले अभिभावक गुमाएको चेपाङ परिवारलाई आर्थिक सहयोग गरेको छ । अती बिपन्न अवस्थामा रहेको र संरक्षक गुमाएको उक्त चेपाङ परिवारलाई क्लबले नगद रु दश हजार सहयोग गरेको हो । उक्त रकम रोटरी क्लब अफ रत्ननगर, रोट्रायक्ट क्लब अफ रत्ननगर तथा इन्ट्रयाक्ट क्लब अफ रत्ननगर द्वारा संयुक्त रुपमा संकलित गरिएको हो । रोटरी क्लब अफ रत्ननगरको आज आयोजित क्लब एस्सेम्ब्ली कार्यक्रमको बिचमा होटल स्टार बेंकुएटमा सुरुवात देखी चेपाङ परिवारको सहयोग र संरक्षणमा लागेका सामाजिक अभियन्ताहरुको रोहबरमा पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको थियो ।
४१ बर्षिय कृष्ण प्रजाको हृदयघात बाट असमायिक निधन भएपछी ८१ बर्षिय बृद्ध बुवा, दुई किशोर, एक काखे बालिका तथा श्रीमति माथिको बज्रपातमा यस्ता सामाजिक कार्यले मलम लगाउने तथा आफू एक्लो नभएको महशुस गरि संघर्ष गरि अगाडी बढ्न अबस्य प्रेरित गर्नेछ ।