
सागर ढुंगाना
२२ असार, रत्ननगर चितवन
चितवन भुमि साप्ताहिक पत्रिका र साइनिङ स्टडिज प्रालिको ब्यानरमा निर्माण हुने सन्देशमुलक लघु चलचित्र ‘नशा’को आज पुर्बी चितवनको हरिहर मन्दिरमा मुर्हत गरिएको छ । चलचित्रका निर्माता तथा संचारकर्मी मुस्कान काप्रीले नरिवल फुटाएर साथै साइनिङ स्टडिज प्रालिका संचालक एबम फिल्मका कथाकार समेत रहेका नबिन कुमार शर्माले क्लयाप ठोकेर फिल्मको मुर्हत गरेका हुन् साथै फिल्मका मुख्य कलाकार रेश्मा सुबेदी र दया चौधरीले पहिलो डाइलग बोलेका थिए ।
स्थानीय सक्रिय युवाहरुको सानो प्रयास उक्त चलचित्रलाई निर्देशक एलेक्स रानाले निर्देशन गर्दैछन् भने कथा,पटकथा नबिन कुमार शर्मा र सागर ढुंगानाको रहेको छ ।
समाजमा बढ्दै गएको लागूऔषध दुर्बेसनी को अन्त्यको लागि केहि हदसम्म भएपनि सहयोग पुर्याउने बिश्वाश फिल्मले दिलाउने निर्देशक एलेक्स राना बताउछन । साउनको ८ गतेबाट छायांकनमा जाने फिल्मलाई दशैको सेरोफेरो पारि दर्शकमाझ ल्याउने निर्माता काप्रीको तयारि रहेको छ । उनि भन्छन ‘नशा चलचित्रबाट उठेको केहि रकम हामि अनाथ बालबालिकाको लागि एक कार्यक्रमका बीच वितरण गर्ने छौ ।” फिल्ममा रेश्मा र दया संगै सुबास भट्ट,संकल्प लामिछाने,भिम ढुंगेल,अस्मु पौडेल,अन्जु रम्तेल,दिलिप सुबेदी,सुर्य रेग्मी लगायतको अभिनय रहेको छ ।
चितवन आसपासमा स्थानमा छायांकन हुने नशा बिशुद्ध चनचेतना जगाउने साथै समाजमा लागूऔषध दुर्बेसनी निर्मुल गरि सुन्दर, सभ्य समाज निर्माण गर्ने ल्क्ष्यका साथ निर्माण गरिन् लागेको हो ।