बिपिन शर्मा आचार्य
१४ श्रावण,रत्ननगर चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर नगरपालिकामा कृयाशिल प्रतिपक्षी दलहरुले अहिले रत्ननगरले बढाएको कर अस्वाभाबिक रहेको भनी बिरोध स्वरुप नगरपालिका समक्ष ज्ञापन पत्र बुझाएका छन । “बिकासका लागि कर लिइनुपर्छ, हामी त्यस्को पक्षमा छौ तर यो बढोत्तरी अस्वभाविक भयो, जनता यो निर्णयबाट प्रताडित छन” ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले भने “यो अव्यबहारिक निर्णय भयो, यो तुरुन्त सच्चिनुपर्छ नत्र आगामी सात दिनपछी हामी आन्दोलनका कार्यक्रम ल्याउन वाध्य हुनेछौ ।” ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख बिमलादेवी दुवाडिले भनिन “नगरपालिकाले कर नबढाएको, बरु घटाएको तर मालपोतको जग्गा मुल्याङ्कनले गर्दा कर बढेको देखिएको, यस्लाई हामी बुझ्दै छौ, अन्तको पनि हेर्दै छौ, यसबारे छिट्टै पुर्बिचार हुनेगरी छिट्टै निर्णय लिन्छौ ।”
रत्ननगरमा कृयाशिल ८ दलका प्रतिनिधि द्वारा ज्ञापन पत्र हस्ताक्षरीत छ । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी, माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, देशभक्त जन-गणतान्त्रिक मोर्चा र नयाँ शक्ती पार्टीका नगर अध्यक्षहरुले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन ।

तपाईको प्रतिक्रिया