यसै बर्ष नै देश तथा विदेशमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “कपुरी क” सेन्सर पास भएको छ ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” ले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

चलचित्र “कपुरी क” मा यसै चलचित्र मार्फत डेब्यु गरेका प्रकाश तिवारी , सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह “राजा” , सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ । पुर्ण मनोरन्जनात्मक कथामा बनेको उक्त चलचित्रको निर्देशन सबिन बास्तोलाले गर्नुभएको छ । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।

तपाईको प्रतिक्रिया