
चितवनको भरतपुर – १२ मा एम एण्ड एम बारटेन्डिङ एकेडेमी सञ्चालनमा आएको छ । चितवनका युवा उद्यमी एवम् समाजसेवी निर्देश सेढाईंले एक भव्य कार्यक्रमका बीच रिवन काटेर बारटेन्डिङ एकेडेमीको उद्घाटन गर्नुभएको थियो । नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको बारटेन्डिङ एकेडेमीको लागत मूल्य ५० लाख रहेको प्रबन्ध निर्देशक विष्णुनाथ गौतमले बताउनुभएको छ । उक्त कार्यक्रममा सिटिइभिटीका केन्द्रीय अध्यक्ष गणेश धामी, सोमनाथ अधिकारीलगायतको अतिथिहरुको उपस्थिति रहेको थियो । यस एकेडेमीमा अन्तर्राष्ट्रियस्तरको बारटेन्डिङसम्बन्धी अध्ययन अध्यापन हुनुका साथै यहाँबाट दक्ष जनशक्ति उत्पादन गर्ने प्रबन्ध निर्देशक गौतमले बताएका छन् ।