२६ फाल्गुन, चितवन

अरुण संचार सहकारी संस्थाद्धारा संचालित चितवनको रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पण १०४.५ मेगाहर्जले आफनो आठौं वार्षिकोत्सको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ /
रेडियोले शनिवार रक्तदान कार्यक्रम सम्पन् गरेको छ ।
कार्यक्रममा रत्ननगरपालिका वडा न. २ का वडा अध्यक्ष तिलक राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो । भने नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानसाली न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो । त्यस्तै अपर्ण वचत तथा ऋण सहकारी संस्थाका लि .अध्यक्ष एवम रेडियोका उपाध्यक्ष यमन भुषाल अतिथि रहनुभएको थियो । रेडियोका सचिव सुरज पौडेलले स्वागत मन्तव्य राखनु भएको थियो ।
कार्यक्रममा ४ मिहिला सहित २९ जनाले रक्तदान गरेका थिय ।
कार्यक्रम सामुदायीक रेडियो रेडियो अर्पणका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन् भएको थियो ।

तपाईको प्रतिक्रिया