
रत्ननगर २६ फागुन ।
रत्ननगर नगरपालिकाले वनसंग आश्रित समुदायको बीमा गरिदिने भएको छ । निकुञ्ज र सामुदायिक वनको सिमानाका बस्तीमा बसोवास गर्ने विपन्न समुदायको नगरपालिकाले बीमा गर्ने मेयर नारायण वनले बताए । सरकारले निकुञ्ज भन्दा बाहिरको क्षेत्रमा वन्यजन्तुले आक्रमण गरेर मृत्यु भए मात्र क्षतिपूर्ति रकम दिने गरेको छ । निकुञ्ज भित्र वन्यजन्तुको आक्रमणबाट मृत्यु भए केही पाउने व्यवस्था छैन मेयर वनले भने जंगल र बस्ती दुबैमा वन्यजन्तुले आक्रमण गर्दा क्षति भए रकम पाउने गरी बीमा गर्न लागेका छौं । नगरपालिकाले पाँच लाखको बीमा गर्न लागेको हो । बीमाको लागि कम्पनी संग कुरा भइरहेको र यो काम छिट्टै सुरु हुने मेयर वनले बताए । सबै भन्दा पहिला वन संगको निर्भरता हटाउने हो उनले भने वन जानै पर्ने अबस्थाका मान्छेलाई केही भए उनीहरुले रकम पाउने गरी बीमा गर्न लागिएको हो ।