३ चैत्र, रत्ननगर, चितवन

नेपालीको आवाज अनलाईन न्युज डेस्क

रत्ननगर – १०, चितवन दुर सञ्चार रोड स्थित प्यारागन माध्यमिक विद्यालय एवम् क्वेष्ट मोडल कलेजको १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह शुक्रबार विद्यालय सञ्चालक समितिका अध्यक्ष निराजन खनालको अध्यक्षता एवम् रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनको प्रमुअ आतित्थ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयमा सञ्चालन भएका अतिरिक्त क्रियाकलाप एवम् खेलकुद सप्ताह अन्तर्गत उत्कृष्ट भएका छात्रछात्रालाई पदक तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । विद्यालयमा कार्यरत शिक्षक/कर्मचारी मध्ये ४ जनालाई नगद, पदक र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । यसै क्रममा SEE परीक्षा २०७४ मा 3.9 GPAप्रप्ताङ्कका साथ विद्यालय प्रथम एवम् पूवी चितवन संस्थागत विद्यालय तर्फ सर्वोत्कृष्ट छात्रा सृजना आचार्य र सोहि परीक्षामा 3.8 GPA प्राप्ताङ्कका साथ विद्यालय द्वितीय एवम् समग्र नेपालकै श्रीकृष्ण प्रणामी सर्वोत्कृष्ट छात्रा भएकोमा ऋतिका शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो । यसैगरी पूर्वविद्यार्थीहरु मध्येबाट डा. जिवन चौधरी र संस्थापकहरु मध्येबाट पूर्व प्राचार्य दयाराम सिंखडालाई विशिष्ट सम्मान गरिएको थियो । केही अभिभावकहरु समेत सम्मानित गरिएको उक्त कार्यक्रममा प्रि–नर्सरी कक्षादेखि स्नातक तह सम्मका विद्यार्थीहरुले प्रतिनिधिमूलक रुपमा गायन, नृत्य तथा मन्तव्य प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमा रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्य, वडा नं २ का वडा अध्यक्ष तिलक राज शर्मा, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, प्यावसन चितवनका उपाध्यक्ष धनप्रसाद रेग्मी, इष्टु नेपालका केन्द्रिय उपाध्यक्ष केशवराज पाठक, प्यावसन रत्ननगरका अध्यक्ष मदन पुरी, सेकोव्सका अध्यक्ष पुष्पराज श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रमाकान्त पौडेल, पूर्व प्राचार्य दयाराम सिंखडा लगायतका महानुभावहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


विद्यालयका प्राचार्य जगदिश चन्द शर्माले विद्यालयको प्रतिवेदन पेश गर्ने क्रममा पछिल्लो समयमा प्यारागन मा.वि. र क्वेष्ट मोडल कलेजले प्रयोगात्मक विषयलाई प्राथमिकता दिएको र उत्कृष्ट नतिजा हाँसिल गरेकाले विद्यार्थी एवम् अभिभावकहरुको रोजाइमा परेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि नारायण वनले समग्र रत्ननगरलाई शैक्षिक हबको रुपमा विकास गर्ने र प्राविधिक शिक्षाको कार्यक्रमका लागि क्वेष्ट मोडल कलेज सबै हिसावले उपयुक्त भएका कारण नगरपालिको तर्फबाट सिफारीस गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया