
नेपालीको आवाज अनलाईन न्युज डेस्क
एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजको आयोजनामा मंगलबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ जसमा ६१ जनाले रक्तदान गरेका छन् । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएसंगै चितवनमा रहेको एक्सपर्टले लायन्सचोक स्थित आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारि जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा एक्स्पर्ट एजुकेशनका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा युथ फर ब्लडका जिल्ला अध्यक्ष आशिस पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राम प्रसाद गौतम, नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष बिनिता चापागाइँ, सिनर्जी एफ एम का श्टेसन म्यानेजर रामकान्त पौडेल, कालिका एफ एम का श्टेसन म्यानेजर ओम प्रकाश आचार्य, कालिका एच डि टिभीका म्यानेजर राजकुमार लामिछाने, नमस्ते टिभी का प्राबिधिक प्रमुख राजेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारि जितेन्द्र बस्नेतले एक्स्पर्ट एजुकेशनले गर्दै आएको बिभिन्न सामाजिक कार्यको प्रसम्सा गर्दै रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । एक्स्पर्ट एजुकेशनका प्रवन्ध निर्देशक डिल्लिराम अधिकारिले हरेक किसिमका सामाजिक कार्यमा आफ्नो संस्था सधैं लागिपर्ने प्रतिबद्दता समेत ब्यक्त गरे ।
यसैगरि संस्थाले १८ गते सोमबारनै बारा र पर्सामा हावाहुरीका कारण घरबारबिहिन भएकाहरुका लागि बिभिन्न राहत सामाग्रीहरु समेत बितरण गरेको थियो ।