चितवन २२ चैत ।
चितवनको रत्ननगरमा हुने अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको सो प्रतियोगिता चैत २४ गते देखि २८ गते सम्म बैरिया माविको खेल मैदानमा हुदैछ । प्रतियोगिता सम्पन्न गर्न आवश्यक पर्ने मैदान व्यवस्थापन,प्रचारप्रसाद देखि अन्य व्यवस्थापनको काम लगभग पुरा भएको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । पञ्चरत्न युवा क्लवको आयोजनामा हुने सो प्रतियोगितामा भारतका २ टिम सहित वंगलादेश नेपाल प्रहरी ,नेपाली आर्मी,शशस्त्र प्रहरी वल,प्रदेश नम्वर ३,प्रदेश नम्वर ५ र आयोजक टिम गरी कुल ८ टिमले सहभागीता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र उपविजेताले ट्रफीसहित १ लाख ५० हजार रुपैया प्राप्त गर्ने क्लवका सचिव सन्तोष घिमिरेले बताए । त्यस्तै प्रतियोगितामा विभिन्न ६ विधामा समेत उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । उत्कृष्ठ स्पाईकर,उत्कृष्ट सेटर,उत्कृष्ठ डिफेन्स,उत्कृष्ठ सर्भर,उत्कृष्ठ कोच र प्रतियोगिताभरका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ठ खेलाडीलाई नगद ७ हजार र अन्य विधाका उत्कृष्ठ खेलाडीलाई ५,५ हजारका दरले पुरस्कार प्रदान गरिने क्लवका सचिव घिमिरेले वताए । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने गरी प्रतियोगिता सुरु गर्न लागिएको सो हो । प्रतियोगिता सम्पन्न गर्न २६ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । सो प्रतियोगिताको मुख्य प्रयोजकमा रेष्टुरेष्ट एण्ड वार एशोसियसन (रेवान) सौराहा रहेको छ ।