चितवन २५ चैत ।

नेपालीको आवाज अनलाईन न्युज डेस्क

चौथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सोमवारदेखि सुरु भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा भएको कार्यक्रम वुधवार सम्म सञ्चालन हुनेछ । आज भएको प्रतियोगिताको उद्घाटन खेलमा तिन नम्वर वाहीनी एपिएफ भण्डाराले भरतपुर टे«निङ्ग भरतपुरलाई २५–२२ र २५–२३को सोझो सेटमा पराजित गरेको छ । त्यस्तै आजै भएको दोस्रो खेलमा विपत व्यवस्थापन गण रसौलिलाई २५–१९ र २५–२१ को सेटमा पराजित गर्दै अभियान युवा कलव विरेन्द्रनगर अर्को चरणमा प्रवेश गर्न सफल भएको छ । यसै गरि आजै भएको तेस्रो खेलमा सगमाथा रिकण्डीसन हाउस भरतपुरले लामा स्पोर्टस विरेन्द्रनगरलाई २५–१७ र २५–१९ को सोझो सेटमा हराएको छ । त्यस्तै आजको अन्तिम खेलमा कालिवहादुर गण भरतपुरले कालिका सृजनसिल समाज शक्तिखोरलाई २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको खेल संयोजक नवराज न्यौपानेले वताए । कार्यक्रममा खैरहनी नगरपालीकाका खेलकुद संयोजक तथा वडा नम्वर सातका वडा अध्यक्ष मेनेजर महत्तो प्रमुख अथिति रहनुभएको थियो । कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायीक वनका अध्यक्ष हिरावहादुर गुरुङ्ग , वुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायण दत्त तिमलसिना , खैरहनी १३ की कार्यवहाक अध्यक्ष टिकादेवि दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो । खैरहनी १३ का वडा सदस्य जिवन कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम चौैैैैैैैैैैथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिताका संयोजक न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया