२४ जेष्ठ २०७६,
चितवन । नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिको सौराहाका आयोजना गरिएको १५ औं साधारण सभामा अध्यक्ष त्रिलोचन कंडेलले राजिनामा दिएपछि शिवराम केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

साधारण सभाको बन्द सत्रमा बहुमत सदस्यले अध्यक्ष कंडेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश भए लगतै अध्यक्ष कंडेलले मन्तव्य व्यक्त गर्दै राजिनामा घोषण गरी आफु नेतृत्वको कार्य समिति विघटन गरेका थिए । समिति विघटन भए लगतै कंडेल सभाबाट बाहिरिए । कंडेल बाहिरिएपछि निर्वतमान र पूर्व अध्यक्षहरुले साधारण सभा सञ्चालन गरी बहुमत सदस्यका बीच शिवराम केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेका हुन ।

समितिको कोषाध्यक्षमा नेत्र हमाल(चितवन) र सदस्यहरुमा भरत कार्की(सुनसरी),विनोद अधिकारी(मोरङ)किरण भूषण ओली(चितवन),आशिश भट्टराई(कास्की),ललीत बहादुर जिसी(बद्रिया),भरतमणि शर्मा(दाङ),सहदेब रायमाझी(काठमाडौं),भूवन पाण्डे(कैलाली),प्रविण केसी(काभ्रे),राजु अधिकारी(मकवानपुर) चयन भएको निर्वाचन समितिका संयोजक प्रदिप खनालले जानकारी दिए । बन्दसत्रले नयाँ कार्यसमिति चयनका लागि प्रदिप खनाल संयोजक र भरत चौलागाई,विनोद अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

तर बन्द सत्रमा राजीनामा घोषणा गरेका कंडेलले भरतपुरमा पुगि नाटकिय शैलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफुले राजिनामा नदिएको र साधारण सभा स्थिगित मात्र गरेको बताएका छन ।

तपाईको प्रतिक्रिया