१८ असार २०७६,बुधबार
रत्ननगर १८, असार । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १०, दुरसञ्चार रोड स्थित क्वेष्ट मोडल कलेज अन्र्तगत सञ्चालित प्यारागन माध्यामिक विद्यालयले एसईई ग्य्राजुएट विद्यार्थीहरुलाई मगंलबार सम्मान गरेको छ । सो क्रममा बोल्दै शिक्षकहरुले विद्यार्थीहरुको मनोभावना बुझेर उनीहरुलाई सोही अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
जुनसुकै विषय लिएर पढेपनि श्रेष्ठता हासिल गर्न सके अवसर प्रसस्त रहेको विद्यालयका अध्यक्ष निराजन खनालको भनाई थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर विकासमा सञ्चालक समिति अझै क्रियाशिल भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका सचिव टेकबहादुर कुवँरले प्यारागन मा वि अब्बल वन्दै गएकोले अभिभावकहरूको विश्वास वढ्दै गएको र विधार्थीहरूलाई अझ मेहनतका साथ पढ्न अहिलेको नतीजाले प्रेरणा मिलेको वताउनुभयो।
विद्यालयका प्राचार्य जगदिशचन्द्र शर्माले जिपिए ३.९ प्राप्तांकका साथ विधालय प्रथम भएका संगित आचार्य सहित सबै ३४ जना परीक्षार्थीले कक्षा ११ पढ्न पाउने गरी चितवन जिल्ला मै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।शर्माले यसले विद्यालयबाट टाढागएका विद्यार्थी तथा अभिभावक पुनः विद्यालयमा सम्वन्ध जोड्ने आशा व्यक्त गर्दै चितवन जिल्लामै पहिलो पटक कलेज तहमा मोवाएल एपद्वारा अभिभावकले आफ्नो वावुनानीको हाजिरी लगाएत विविध विषयहरूमा जानकारी लिनसक्ने वताउनुभयो ।
कार्यक्रम विद्यालयका सहप्राचार्य दोइन्द्र बहादुर पौडेलले सञ्चालन गर्नु भएको थियो भने सहप्राचार्य उमराज आचार्यले शुभभावना मन्तव्य राख्नु भएको थियो।