
९ श्रावण, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
दाउन्ने ट्रेडर्स तथा किसान दान उद्योगको किसान भेला रत्ननगरमा बुधवार सम्पन्न भएको छ । श्रावण ११ गते हुने नेपाल अण्डा उत्पादक संघको बिशेष अधिवेशनलाई केन्द्रित गरि किसान भेला राखिएको संस्थाका कार्यकारी निर्देशक बिनोद पोख्रेलले जानकारी दिए । उनले हाल अण्डा संघमा अध्यक्ष को भन्ने बिवादले गर्दा किसानलाई निकै मार परेको र र कुन अध्यक्षले भनेको रेटमा अण्डा उठाउने भन्नेमा पनि समस्या उब्जीएका कारण अबको अध्यक्ष बिवाद रहित ब्यक्ति हुर्नु पर्ने भन्दै रघुनाथ भट्टनै उपयुक्त भएकोले सबैलाई भट्टलाईनै अध्यक्ष बनाउन आग्रह पनि गरे । उनले भने यस अघि नेपाल अण्डा उत्पादक संघमा जस्तो मिलाप अरु संस्थामा छैन भन्ने सन्देश सबैमा थियो तर अहिले त्यसको उल्टो देखिएको ले आशा छ सर्वसम्मत रुपमानै अध्यक्ष बन्ने माहोल बन्नेछ यदी कथम कथाचित चुनावनै भएमा पनि भट्टनै राम्रो बिकल्प भएकोमा कुनै संका नभएको धारण प्रस्तुत गरे । कार्यक्रममा बोल्दै नेपाल अण्डा उत्पादक संघका संस्थापक अध्यक्ष एकराज डल्लाकोटिले आफुले २०४१ सालमा अण्डा उत्पादन सुरु गर्दा भारतीय अण्डाको बिगबिगीले गर्दा निकै समय लगाएर नेपालमा नेपालकै खैरो रंगको अण्डाको बजार ब्यवस्थापन भएको भन्दै जो अध्यक्ष भए पनि फरक नपर्ने तर किसानले अण्डाको मुल्य पाउनुपर्ने बताए । साथै उनले अहिले दानको मुल्य उच्च रहेको भन्दै किसानले प्रति क्रेट ३५० रुपैया पाए पनि लागत उठ्ने स्थिती नरहेको भन्दै अब आउने अध्यक्षले यस बिसयमा बिचार गरेर किसानको भावना बुझेर अगाडी बढ्नु पर्ने बताए ।
नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष जोतेन्द्र श्रेष्ठ, चितवन नवलपुर दाना बितरक संघका निवर्तमान अध्यक्ष रामलाल भुषाल, नेपाल कुखुरा पालक किसान संघका निवर्तमान अध्यक्ष प्रकाश बाबु खनालले अहिले अण्डा संघमा देखीएको बिवाद समाप्त नभए सम्म किसानको समस्या समाप्त नहुने भन्दै रघुनाथ भट्ट अध्यक्षमा बिजयी भएमा किसानको हक हितमा लाग्ने कुरामा आफुअरु बिस्वस्त रहेको बताएका थिए ।
करिब १९० जना किसान उपस्थित रहेको उक्त कार्यक्रमा अध्यक्षका दाबेदार मानिएका रघुनाथ भट्टले आफु यदि अध्यक्ष बनेमा किसानको हक र हितमानै कार्य गर्ने भन्दै एक पटक आफुलाई अवसर दिन आग्रह पनि गरे ।
(कार्यक्रम र अध्यक्षका उमेदवार भट्टले भनेका कुराको लागि भने तलको भिडीयो हेर्नुहोला ।)