नेपालीकको आवाज अनलाईन हेल्प डेस्क ।

कहिले काही लाग्छ यदि भगवानले दुःख भन्ने चिजनै नबनाई दिएको भए के हुन्थ्यो होला । कमसेकम यी र यस्तै धेरै पिडा बोकेर जन्मीएका धेरैको पिडा त देख्नु पर्दैनथ्यो होला नि । खैर हामीले चाहेको सोचेकाकुरा सबै हुने भईदिएको भए परिस्थीतिनै अर्कै हुन्थ्यो होला । यी त फगत मन बुझाउने सब्दमात्र हुन । सपना र यथार्थताको धरातल निकै फरक छ । त्यसैले त समाजमा देखिने यी र यस्तै पिडामा बांचीरहेकाको आवाजलाई टप्प टिपेर तपाईको माझमा राख्दा जुन आनन्द मनमा मिल्छ त्यसको कुनै वर्णननै छैन । अझ सहयोगि मनहरुले दिल खोलेर सहयोग गरेको देख्दा त खुसिको सिमानै नहुदो रहेछ । यो प्रशंग हो चितवन बस्ने राजकुमार सुचिकार अनि उहाको ३ वर्षीए छोरि कृष्ण माया सुचिकारको । आमा अर्कैसंग गए पछि बावु रिक्सा चालक अनि त्यसमा पनि २ वर्षसम्म ठिकै भएकि छोरि लाखौ करौडौंमा देखिने रोगबाट ग्रसित भएपछि हर बखत छोरिको पिडामा रोईरहने बाबुको पिडालाई हामीले तपाईको माझमा पुर्यायौ । करिब १५ लाख भन्दा बढि देश बिदेशमा बस्ने नेपाली दाजुभाईको माझमा यो भिडीयो पुगेको देख्दा अनि सहयोगी मनहरुले दिल खोलेर सहयोग गरेको देख्दा त झन त्यसको कुनै बयान गर्नै सक्दैनौ ।


कुनैपनि काम गर्दा कामसंगै परिणामको कुरापनि पक्कै जोडिएको हुदो रहेछ । हामीलाई पनि त्यहि भयो । हामीले यी नानीको एम.आर.आई गर्यौ । बिभिन्न परिक्षण गर्यौ । अनि डाक्टर कहा रिपोर्ट देखायौ । डांक्टरको निष्कर्षले हामी स्तब्ध बन्यौ । अब यो रोग निको नहुने भन्ने हामीले बुझेपछि अब के गर्ने भन्ने प्रश्नको उत्तर खोज्न थाल्यौं । केहि मिडीयाकर्मीसाथीहरु, सामाजिक अभियन्ताज्युहरु,संग पनि छलफल गर्यौ र निश्कर्ष निकाल्यौ अब उपचारनै सम्भव छैन भने धेरै खर्चगर्नुभन्दा बरु ति नानीको लागि आएको सहयोग फिक्स डिपोजिट बनाई खातामा मासीक ब्याज आउने गरि राख्दा बेश हुन्छ । त्यहि कुरा लिएर हामी ति सानुनानु भएको ठांउमा पुग्यौ र बुवा राजकुमार सुचिकार दाजुलाई सबैकुरा भन्यौ । बाउन हो हाम्रा कुराले उनको मन सान्त हुने कुरा थिएन । उनि अझैपनि कहि उपचार हुन्छकी भन्ने प्रश्नमानै अल्भिएको प्रश्ट देखिन्यो तर उहालाई त्यो संभावनाको उत्तर दिन हामीले सकेनौ । हामीले हाम्रो कुरो उनलाई राखिसके पछि पनि हामीलाई थाहा छ उनकोमन केहि आशा बक्कै बांकि थियो । तर पनि हामीले जतिसक्यौ संभवभए सम्म गर्यो बस हामीलाई यत्ती मनखत छ की हामीले ती नानीलाई पुर्ण रुपमा ठिक बनाउन नसक्ने भयौ । मात्र हामीले यो भाग्यको खेल हो भन्ने बाहेक अरु केहि भन्न सकेनौ । हुन त केहि टेस्ट अझ नेपाल बाहिर पठाएर गर्न बांकिनै छ । त्यसले पनि यी नानीको सपोर्टीङ्ग केयरमा पक्कै सहयोग पुर्याउला । अनि अर्कोकुरा यी कुरासंगै हामी मिडीयाकर्मी अनि सामाजिक अभियन्ताकर्मीले भने उहाको नाममा सहयोग कार्यक्रम स्थगीत गरेका छौ । जे जती सहयोग उठ्यो हामीले राजकुमार सुचिकार दाजुलाई सहयोग गरि सकेका छौ । अब आमी मार्फत भने सहयोग उठ्ने छैन तर राजकुमार सुचिकार दाईलाई तपाईले सिधै दिन चाहेको सहयोगलाई भने हामीले नाई भन्नै छैनौ ।

तपाईको प्रतिक्रिया