१६ श्रावण, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आज राति आगजनी भएको छ । राती करिब २ बजे भएको आगजनीबाट कार्यालयकाे २ वटा कोठामा क्षति भएको छ । अज्ञात समुहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए ।

आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयकाे कोठामा रहेको कागज पत्र पुर्ण रूपमा क्षति भएको छ । आगलागीबाट सो कार्यालयमा क्षति भएको र सो घटनाको बारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।

तपाईको प्रतिक्रिया