२ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

स्व. पत्रकार शालिकराम पुडासैनी गत शाउन २० गते चितवनको नारायनगढ स्थित होटल गंगारुमा झुण्डिएको अवस्थामा फेला परेपछि र सो घटनाकामा उनले मृत्यु अघि रेकर्ड गरेको भिडीयो बाहिरीएपछि पत्रकार रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की गिरफ्तार भई चितवन ल्याईएको छ । त्यसपछिका दिनमा अहिले हरेक दिन जसो रबि समर्थकहरुको आन्दोलन चितवनमा जारि छ । सोहि क्रममा आईतबार हजारौ सहभागी र्याली जिल्ला प्रहरी कार्यालय भरतपुर, आपटारी, पोखरा बसपार्क, पुल्चोक हुदै चौबिसकोठीमा आई कोण सभामा परिणत भएको थियो ।
त्यसै क्रममा आज (सोमबार) ‘चितवन सुरक्षित छ’ भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले बिहान शान्ती र्‍याली निकालेको छ । चितवनको पछील्लो घटनाक्रमले देशभर नकारात्मक सन्देश गएकोले त्यसलाई चिर्न र्‍याली निकालिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष दीपक ढकालले बताए ।
साउन २० गते नारायणगढको पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परे पछी सामाजिक सन्जालमा चितवन सुरक्षित छैन भन्ने अफवाह फैलिएकोले त्यसलाई चिर्न शान्ती र्‍याली निकालिएको ढकालले बताए । ‘पछिल्लो घटना पछी सामाजिक सन्जाल मार्फत चितवन सुरक्षित छैन भनेर जुन अफवाह फैलिएको छ त्यसैलाई चिर्न हामीले शान्ती र्‍याली निकालेका हौ – उनले भने ।’

उनले चितवन सुरक्षित रहेको र यहाँका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु पर्यटकलाई स्वागत गर्न सधैं तयार रहेको बताए । उनले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरु आफ्नो पाहुनालाई सुरक्षित रुपमा राख्न प्रतिबद्द रहेको पनि बताए । सामाजिक सन्जालमा भनिएको जस्तो चितवन असुरक्षित भन्ने केबल हल्ला मात्र भएको भन्दै त्यस्ता हल्लाको पछी नलाग्न पनि उनले आग्रह गरे । उनले प्रशासनलाई पनि शान्ती सुरक्षामा ध्यान दिन आग्रह गरे ।

यस्तै उनले पुडासैनी आत्माहत्या प्रकारणको निष्पक्ष छानबिनको माग गरेका छन् । घटनाको दोषी छिट्टै पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न सम्पूर्ण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुको माग रहेको उनले बताए । पोखरा बसपार्क नारायणगढबाट निस्किएको शान्ती र्‍याली पुलचोक, चौबिसकोठी हुँदै केन्द्रिय बस टर्मिनल भरतपुर पुगी फेरी चौबिसकोठी पुगेर समापन भएको ढकालले जानकारी दिए ।

आईतबार रबि समर्थीतले र्‍याली क्रममा होटल कंगारु अगाडी गएर गरेको प्रदर्शन हेर्नुहोस ।

तपाईको प्रतिक्रिया