३ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
स्व. पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित युवराज कंडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालत उपस्थित गराइएको छ । उनिहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ । आज अदालतबाट म्याद थप वा मुद्ध दर्ता मध्य एक हुनेछ । आज (मंगलवार) विहान दश बजे नै उनिहरुलाई अदालत लागिएको हो ।
पाँच दिनको अनुसन्धान र बयानपछि छैठौ दिनमा अदालत उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए । अदालत पेस गरिएकोमा लामिछाने सहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की रहेका छन् ।