
४ भदौ, चितवन
नेपालीको अवाज अनलाईन न्युज डेस्क
स्व. पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन शुरु भएको छ । भरतपुरको चौविसकोठीमा र निषेशित क्षेत्र घोषणा गरिएको अस्पताल रोडमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको थियो । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज्ने क्रममा बुधवार ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साउन ३२ गते ४ जना र २ गते पक्राउ परेका १० जनाको मुद्धा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यसअघि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्य चार जना मंगलबार धरौटीमा रिहा भएका छन् । १ गते प्रहरीले पक्राउ गरेका चार जनाले जिल्ला प्रशासन कार्यालय चितवनमा पाँच सय रुपैंया धरौटी बुझाएर रिहा भएका छन् ।