४ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रोटरी क्लब अफ रत्ननगरले भदौ ७ गते शनिवार रत्ननगरको होटल स्टार बेन्क्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । चितवनमा रगतको अभाव भएसंगै रक्तदान कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बिपिन पोख्रेलले जानकारी दिए । त्यस्तै क्लबका निर्वतमान अध्यक्ष जनकराज पौडेलले हरेक वर्ष क्लबले आफ्नो वार्षीक क्यालीण्डरमानै बृहत रक्तदान कार्यक्रम समाबेस गरेको र चितवन रेडक्रसबाट रगतको अभाव भएको थाहा भएपछि कार्यक्रम राखिएको जानकारी दिए ।
अब सौराहामा बाटिका सहितको घण्टाघर पनि बन्ने
त्यस्तै रोटरी क्लब अफ रत्ननगरले रत्ननगर, सौराहानजिकै रहेको सिसुवारमा करिब ३० फिट अग्लो घडी सहितको टावरपनि निर्माण गर्ने क्लबका अध्यक्ष बिपीन पोख्रेलले जानकारी दिए । हाल सिसुवारमा घण्टाघर बनाउने प्रस्ताव गर्दा त्यहाका स्थानीय उत्साहीत भएको र ठाउको ब्यवस्थापन पनि मिले करिब ४ महिनामा निर्माण सम्पन्न गर्ने संयोजक जनकराज पौडेलले जानकारी दिए । के कति लागतमा बन्ने भन्ने बिषयमा भने केहि दिन पछि एम.ओंई. आएपछि जानकारी दिईने क्लबका अध्यक्ष पोख्रेलले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए ।
चितवनमा रगतकाे अभाव भएसंगैरोटरी क्लब अफ रत्ननगरले भदौ ७ गते शनिवार रत्ननगरको होटल स्टार बेन्क्युटमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।रत्ननगरमा भएकाे पत्रकार सम्मेलन
Gepostet von Nepalikoaawaj.com-नेपालीको आवाज अनलाईन पत्रिका am Dienstag, 20. August 2019