४ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

स्व. पत्रकार शालिकराम पुडासैनी घटनामा पक्राउ परेका सञ्चारकर्मी रबि लामिछानेले प्रहरि हिरासतमा अशुरक्षित महशुस गरेको आफ्नो श्रीमतीको स्टाटस मार्फत जानकारी दिएका छन् । बुधबार साँझ श्रीमती निकिता पौडेलको फेसबुकमार्फत् लामिछानेले लेखेको स्टाटसमा असुरक्षित रहेको बताइएको हो । उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा भेट्न जानेहरुलाई पनि आफू असुरक्षित रहेको बताउने गरेका छन् ।
चितवन जिल्ला अदालतले उनीहरू तीनै जनाको नाममा पक्राउ पूर्जी जारी गरेपछि पक्राउ सुरुमा ५ दिनको हिरासतमा रहेका थिए। अदालतले पुनः थप ५ दिन प्रहरी हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
आजै महानगरीय अपराध महाशाखा टेकु पुगेर रविकी श्रीमती पौडेलले आफुसंग भएको पुडासैनीको भिडियो सुसाइड नोट अनधिकृत रुपमा बाहिर पुर्‍याएको भन्दै विद्युतीय कारोबार ऐनमार्फत् सजाय मागदाबी गर्दै उजुरी गरेकी थिइन्। तर प्रहरीले सो उजुरी दर्ता नगरेपछि रविले श्रीमतीको फेसबुक मार्फत यस्तो जानकारी दिएकी हुन ।

तपाईको प्रतिक्रिया