६ भाद्र २०७६, काठमान्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गत शाउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले झुण्डीएर आत्महत्या गरेपछि उनले मृत्युपुर्व रेकर्ड गरिएको भनिएको भिडीयोका कारण चर्चीत सञ्चारकर्मी रबि लामिछाने, युवराज कंडेल, अस्मिता कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् । रबि लामिछाने पक्राउपछि चितवनमा दिनहुजसो उनका समर्थकको आन्दोलन हुने गरेको छ । तर यहि आन्दोलनको नाममा मात्र भ्यु कमाउने सोच अनुरुप बिभिन्न अनलाईन तथा युट्युबमा घटना प्रभावित बनाउने खालका सामाग्री आउनथाले पछि नेपाल प्रहरीको साइबर अपराध ब्युरो सीसीबीले सामाजिक सञ्जालमा भ्रामक समाचार लेख्नेविरुद्ध निगरानी बढाएको हो । ब्युरोका प्रमुख विकास श्रेष्ठले भ्रामक कन्टेन्ट राख्ने वेवसाइट र युट्युब च्यानललाई निगरानीमा राखिएको स्पष्ट पारेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि लामिछाने प्रकरणमा अफवाह फैलाउने किसिमले सामग्री राख्ने अनलाइन र युट्युब च्यानलको सूची तयार पारिएको जनाएको छ ।‘पत्रकारको हकमा पनि प्रेस काउन्सिलले हेर्ने भन्ने प्रावधान छ ।

हामीले काउन्सिलसँग पनि यस विषयमा छलफल गरेका छौं’, प्रहरी नायब महानिरीक्षक डीआईजी श्रेष्ठले भने, ‘यसअघि केही व्यक्तिविरुद्ध कारवाही पनि भएको छ ।’चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भीड उत्तेजित बनाउनेलाई घर घर गएर भएपनि समात्ने बताए छ । हामीले घर, ठेगानासमेत पत्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ । चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, ‘कतिपयले अहिले सागाम्री डिलिट पनि गरेका छन् । तर, हाम्रो निगरानीमा रहेका व्यक्ति भागेको भए पनि मुद्दा दर्ता हुन्छ ।’

प्रहरीको महागनरीय अपराध अनुसन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गाली गरेको आरोपमा बाराबाट सागर मैनालीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगतको कसूरमा कारवाही गर्ने तयारी महाशाखाले जनाएको छ ।त्यसअघि रवि लामिछानेलाई पक्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रिप’ लेखेको आरोपमा अछामको मंगलसेनबाट रिदम बीसी पक्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई माफी मागेर अबदेखि त्यस्तो हर्कत नगर्ने कागज गरेर छुटेका छन् ।

तपाईको प्रतिक्रिया