महेश पाण्डे
६ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

पुनम ईन्टरनेन्मेन्टद्धारा निर्मीत नेपाली चलचित्र मारुनी भदौ १३ गते देखी देशैभरिका हलहरुमा लाग्ने बिहिबार चितवनमा पत्रकार सम्मेलन गरि मारुनी टिमले जानकारी दिएको छ । कार्यक्रममा निर्मात्री पुनम गौतम, लेखक तथा निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह लगाएतको उपस्थिती रहेको थियो । अझ रोचक कुरा त के छ भने सोहि दिन वलिउडको बहुप्रतिक्षीत प्रभाष अभिनीत फिल्म साहो पनि रिलिज हुदैछ । यहि बिषयमा हामीले प्रश्न गर्दा निर्मात्री पुनम गौतम भन्छिन “हामीले कुनै हिन्दी फिल्मसंग जुध्छ भनेर यो फिल्म बनाएको होईन हिन्दु नारीको महान चाड तिजलाई लक्षीत गरि बनाएको हो, त्यसै भएर हामी जुनकुनै फिल्म लागे पनि त्यसको लागि तयार छौ”
पत्रकार भेटघाटमा बोल्दै लेखक तथा निर्देशक नवल नेपालले भने “करिब १ वर्ष अघि देखिनै हामी यो फिल्मको तयारीमा थियौ । यसलाई तिजमा प्रर्दशनमा ल्याउने तयारी पनि थियो त्यही अनुशार हामी आएका छौ । यो नारीप्रधान त्रिकोणत्मक चलचीत्र हो”
यस फिल्मकी नायीका साम्राज्ञीले आफु यो फिल्मको प्रमोशनको लागि चौथो पटक चितवन आएको र यसमा आफु मारुनीको रुपमा देखिएको बताउदै देशका कुनाकुनामा रहेको नारीको प्रतिनीधित्व गरेको र यो फिल्म सफल भए मात्र आफ्नो सपना पुरा हुने बताईन ।
फिल्मका नायक पुष्प खड्काले यो नारी माथी समर्पीत कथा भएको र सामाजीक कथामा समर्पीत भएको बताउदै आफु यो फिल्ममा अल्लि भिन्न रुपमा साथै फरक सैलिमा देखिएको बताए ।
हामी नेपालीको आवाज अनलाईन टिम पनि मारुनी फिल्मको सफलताको शुभकामना दिन चाहान्छौ ।
यस सम्बन्धि भिडीयो हेरौं ।


तपाईको प्रतिक्रिया