६ भाद्र
नेपालीको आवाज अनलाईन न्युज डेस्क

आज (शुक्रबार) श्रीकृष्ण जन्माष्टमीको दिनमा देशैभरिका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुईचो रहेको छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो श्रीकृष्ण जन्माष्टमी । कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउने गर्दछन ।
जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ ।
साथै देशैभरिका कृष्ण मन्दिरमा कृष्ण भजनमा रमाउने भक्तजनको उपस्थिती बाक्लै देखिन्छ । आजको पावन अवसरमा राति १२ बजे कृष्ण जन्मिएको समय मानि रातभरि जागाा बस्ने चलन रहेको छ ।
अब यससंग सम्बन्धित भिडीयो हेरौं ।

तपाईको प्रतिक्रिया