
६ भाद्र
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अहिले देशका धेरै ठाउमाा क्लोथ बैंक खुल्ने क्रम जारी रहेको छ । यसै क्रममा चितवन रत्ननगरमा रहेको लियो क्लब अफ रत्ननगर मिड नेपालले जिरौना धर्म धाममा नयाँ तथा प्रयोग गर्न मिल्ने कपडा संकलन गरी त्यही ठाउँ बाट तथा आबस्यक ठाउँमा पुर्याउने उद्देश्यका साथ क्लोथ बैकको आज (शुक्रबार) स्थापना गरेको छ ।
माननीय संसद कन्चन खनाल ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय 325 बि 2 नेपालका सल्लाहकार योगेन्द्र नाथ अधिकारी, कार्यक्रम प्रमुख लायन सुरेश चन्द्र आचार्य पुन प्रयोग कपडा ब्यबस्थापन संयोजक लायन गंगा सुबेदी लगायतको उपस्थिति रहेको थियो । धर्म धाम का अध्यक्ष श्याम बरालले स्वागत मन्तब्य, श्रीकृष्ण युवा परिषद का केन्द्रीय उपाध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय 325 बि 2 का जोन चियर पर्सन लायन जगदीश चन्द्र शर्मा ले उक्त कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम लियो क्लब अफ रत्ननगर मिड नेपाल का अध्यक्ष श्रृजना पौडेल तथा श्रीकृष्ण युवा परिषदका अध्यक्ष मनीस सुबेदिले संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।