
७ भदौ, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार भरतपुर महानहानगरपालिका वडा नं. १० हाकिमचोक स्थित बोस्टन ईन्टरनेशनल कलेजको आयोजनामा विद्यालयको सभाहलमा साईबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त सचेतनामूलक प्रशिक्षण कार्यक्रममा मोहन मा.वि. भरतपुर १२ तथा बोस्टन ईन्टरनेशनल कलेज भरतपुर १० हाकिमचोकमा अध्ययनरत १०० जना विद्यार्थी ( छात्रा ६५, छात्र ३५ जना) तथा शिक्षक/शिक्षिका र विद्यालयका अभिभावकहरु समेत गरी १५० जनालाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले विधुतिय अपराध कार्यविधि, कानुनी व्यवस्था र रोकथाममा नागरिक प्रहरीको भूमिका सम्बन्धमा सचेतनामूलक प्रशिक्षण प्रदिएका थिए ।
पछिल्लो समय साईबर क्राईम बढि रहेका कारण पनि एस्ता कार्यक्रमले के गर्न हुने र के गर्दा अपराध हुने भन्ने कुरा जान्न सहज हुने देखिन्छ ।