८ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

गत शाउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले झुण्डीएर आत्महत्या गरेपछि उनले मृत्युपुर्व रेकर्ड गरिएको भनिएको भिडीयोका कारण चर्चीत सञ्चारकर्मी रबि लामिछाने, युवराज कंडेल, अस्मिता कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् । रबि लामिछाने पक्राउपछि चितवनमा दिनहुजसो उनका समर्थकको प्रदर्शन हुने गरेको छ । शुरुवाती दिन हिंसात्मक देखिएको प्रदर्शन पछिल्लो पटक भने शान्तिपुर्ण रुपमा भईरहेको देख्न सकिन्छ । दुईपटक सम्म ५,५ दिन गरेर १० दिन थपीएको म्याद आज (आईतबार) के हुने हो भन्ने प्रश्नले गर्दा पनि सबैको ध्यान त्यतै तर्फ भएको प्रष्टै देख्न सकिन्छ ।
आज (आईतबार) सम्माननीय अदालतले के निर्णय गर्ने हो त्यो भने हेर्न बांकीनै छ । यस घटनासंग सम्बन्ति रहेर हामी पलपलको अपडेटमा रहनेछौ हामीसंगै रहनुहोला ।
https://www.facebook.com/nepalikoaawaj1/



तपाईको प्रतिक्रिया