८ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गत शाउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले झुण्डीएर आत्महत्या गरेपछि उनले मृत्युपुर्व रेकर्ड गरिएको भनिएको भिडीयोका कारण चर्चीत सञ्चारकर्मी रबि लामिछाने, युवराज कंडेल, अस्मिता कार्की अहिले प्रहरी हिरासतमा रहेका छन् । आज (आईतबार) प्रहरीले अनुसन्धान पुरा गरि पत्रकार शालिकराम पुडासैनी आत्महत्याको विषयमा सरकारी वकिलमा आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको छ ।
चितवन आएको प्रहरीको केन्द्रीय अनुसन्धान टोलीका प्रहरी उपरिक्षक दिपक रेग्मिले आज पत्रकार सम्मेलन गरि अनुसन्धान पूरा गरि आत्महत्या दुरुत्साहन मुद्दा पेस गरेको जानकारी दिनु भयो । अनुसन्धानका क्रममा आत्महत्या अगाडि को भिडियो, पुडासैनीसङ भएका सम्बन्ध, टेलिफोन, आबश्यक प्रमाण सबैलाइ अनुसन्धान गरेर सरकारी वकिलमा पेस गरेको जानकारी दिनु भयो ।
प्रहरिको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युबराज कडेल, स्टाफ नर्स अस्मिता कार्की माथी अनुसन्धान भएर प्रमाण सहित पेस गरेको हो ।
अनुसन्धानमा भएका आबश्यक प्रमाणसहित आत्महत्या दुरुत्साहनमानै मुद्दा पेस गरेको हो । अनुसन्धानको आधारमा सम्मानित अदालतले जे आदेश दिन्छ त्यहि काम प्रहरिले गर्ने रेग्मिले बताउनु भयो । भिडबाट होइन अदालतबाट न्याय खोज्नु पर्दछ रेग्मिले भन्नू भयो ।
प्रचलित कानुन अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा दोषी भयमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यबस्ता रहेको छ ।