महेश पाण्डे
९ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गत भदौ २० गते चितवनको होटल कंगारुमा पत्रकार शालिकराम पुडासैनि मृत भेटिएपछि र उनले मृत्युअगाबै रेकर्ड गरिएको भनिएको भिडीयो मिडीया मार्फत सार्वजनिक भएपछि अहिले माहोल निकै तातेको देखिन्छ ।
भिडीयोमा पुडासैनिले चर्चीत सञ्चारकर्मी रबि लामिछाने, सञ्चारकर्मी युवराज कंडेल र उनकी प्रेमिका भनिएकी अस्मिता कार्की (रुकु) को कारण आफुले आत्महत्या गरेको भनि दोष लगाएका छन् । जसका कारण चितवन प्रहरीले रबि सहित तिनै जनालाई प्रकाउ गरि चितवनल्याई मुद्धा दाएर गरेको छ । अदालतबाट करिब १० दिनको म्याद थप पछि प्रहरी अनुशन्धान सकिएको प्रहरीले आईतबार पत्रकार सम्मेलन गरि जानकारी दिईसकेको छ ।
आत्महत्या दुरुत्साहन अन्र्तगत जिल्ला न्याधीवक्ता यदुनाथ शर्माले जिल्ला अदालत भरतपुरमा तिनैजना बिरुद्ध मुद्धा दर्ता गरेका हुन । मुलुकी अपराध संहिता २०७४ को परिक्षेद १२ ज्यान सम्बन्धि कसुर अन्र्तगत दफा १७८ तथा दफा १८५ को उपदफा १ र २ बमोजिम कसुर देखिएको र सोहि दफाको उपदफा २ अनुशार ५ वर्ष कैद र ५० हजार जरिवाना हुनेगरि मुद्धा आईतबार सरकारि वकिलले मुद्धा दर्ता गरेको छ । जसको मुद्धा दर्ता नं. ०७६–C1–००४७ रहेको छ ।
यसै बिच आईतबार जिल्ला न्यायधिस हेमन्त रावलको मेन्चमा बयान लिन सुरु गरिएको छ । आईतबार अस्मिता कार्कीको मात्र बयान लिने काम सकिएको छ भने सोमबार युवराज कंडेल र रबि लामिछानेको बयान लिईने छ । यदि सोमबार दिउसो ३ बजे सम्म बयान लिने काम सकिएमा बल्ला बहस शुरु हुनेछ नत्र भने मंगलबार मात्र सम्माननिय अदालतबाट निर्णय आउने देखिन्छ ।