९ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
बिप्लप नेतृत्वको नेकपाले आज (सोमबार) चितवन बन्द आयोजना गरेको भए पनि यसको प्रभाव भने न्युन देखिएको छ । राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले आज चितवन बन्दको आह्वान गरेको हो । बिज्ञप्तीमा आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरिएको छ । राप्ती नगरपालिकाको ओहोलेवाङ्गमा जनताको प्रत्यक्ष सहभागीतामा निर्माण भईरहेको सहिद स्मृति प्रतिक्षालय भत्काएर भ्रष्ट जनप्रतिनिधीले जनतामा त्रास फैलाउने काम गरेको विप्लवले शुक्रबार निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको थियो ।
जिल्लामा छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चलिरेहका छन् भने नारायणगढ पुल्चोकबाट छुट्ने लामो दुरीका सवारी साधन पनि फाटट फुट्ट चलीरहेको छ । बन्दका कारण शिक्षण सस्था खुल्न सकेन भने बजार तथा पसल पनि बन्द भएका छन् ।