११ भाद्र, बुधवार
स्थानीय चुनावपछि स्थानीय बिकासले गति लिने धेरेको अपेक्षा थियो तर त्यसो हुन सकिरहको छैन । देशका कयौ स्थानिय निकायमा अहिले मेयर र उप मियरको पानी बाराबारको स्थिती छ । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपालिकामा पनि प्रमुख मेयर–उपमेयरबीच बोलचाल छैन । त्यस्तै बेला बेलामा भरतपुर महा नगरपालीकाको हकमा पनि यस्तै समाचार बाहिर आईरहेको हुन्छ ।
त्यसले नगरका कामकारवाही चुस्तदुरुस्त रुपमा अघि बढ्ने कुरै भएन । यो समाचार कान्तिपुर दैनिकमा शिव पुरीले लेखेका छन् ।

तपाईको प्रतिक्रिया