११ भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पछिल्लो समय ट्राफिक प्रहरीले उच्च पदस्थ ब्यक्तिलाई पनि कानुनी दायरामा ल्याउन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीमा ट्राफिक प्रहरीले गरेको कार्वाही ।
बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधानहरुमा प्रहरीले ह्वील लक लगाएको थियो । त्ययसक्रममा पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडी पनि कारबाहीमा पर्यो । ट्राफिक प्रहरीले सुरुमा ह्वील लक गरेको थियो ।
पछि चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन् ।